प्रधानमन्त्री मोदीद्वारा पोल्यान्डका प्रधानमन्त्री टस्कसँग भेटवार्ता
प्रधानमंत्री मोदी पोलैंड के प्रधानमंत्री डोनाल्ड टस्क से मुलाकात करते हुए।


नयाँ दिल्ली, २२ अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले बिहिवार यहाँ स्थित हैदराबाद हाउसमा पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कसँग भेटवार्ता गरेका छन्। यस क्रममा दुवै नेताले भारत र पोल्यान्डबीचको द्विपक्षीय सम्बन्धका सबै पक्षको समीक्षा गर्नेछन्।

यसअघि डोनाल्ड टस्कले राजघाट पुगेर महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गरे। उनले महात्मा गान्धीका शान्ति र अहिंसाका आदर्शहरूले आज पनि विश्वलाई प्रेरित गरिरहेको बताए।

विदेश मन्त्रालय अनुसार, भारत र पोल्यान्डका प्रधानमन्त्रीबीच द्विपक्षीय सम्बन्धलाई थप सुदृढ़ बनाउने तथा सहयोगका नयाँ अवसरहरू खोज्ने विषयमा छलफल हुनेछ।

प्रधानमन्त्री मोदीको निमन्त्रणामा पोल्यान्डका प्रधानमन्त्री टस्क २१ देखि २३ अक्टोबरसम्म भारतको औपचारिक भ्रमणमा छन्। बिहिवार बिहान विदेशमन्त्री एस. जयशंकरले पनि उनीसँग भेटवार्ता गरेका थिए। भेटपछि जयशंकरले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “भारत र पोल्यान्डबीच विभिन्न क्षेत्रमा सहयोगलाई थप गहिरो बनाउने विषयमा टस्कका विचारहरू जान्न पाउँदा खुशी लाग्यो।”

उल्लेखनीय छ, पोल्यान्डका प्रधानमन्त्रीका रूपमा टस्कको यो दोस्रो भारत भ्रमण हो। यसअघि उनी आफ्नो अघिल्लो कार्यकालमा साल २०१० मा भारत आएका थिए। साल २०१७ मा युरोपेली परिषद्का अध्यक्षका रूपमा भारत–युरोपेली सङ्घ शिखर सम्मेलनमा सहभागी हुन पनि उनले नयाँ दिल्लीको भ्रमण गरेका थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande