वरिष्ठ पत्रकार, लेखक तथा कवि विजय बान्तावाको निधनप्रति मुख्यमन्त्रीद्वारा दुःख व्यक्त
विजय बान्तावा


गान्तोक, 28 अक्टोबर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले वरिष्ठ पत्रकार, लेखक तथा कवि विजय बान्तावाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै बान्तावाले धेरै दशकसम्म सिक्किमको सञ्चार तथा साहित्यिक क्षेत्रमा पुर्‍याएको अमूल्य योगदान सधैँ स्मरणीय रहने बताएका छन्।

उनले दिवङ्गत बान्तावाको शोकसन्तप्त परिवार, आफन्त, मित्रजन तथा सम्पूर्ण सञ्चारकर्मी समुदायप्रति हार्दिक समवेदना प्रकट गरेका छन्। साथै, उनले दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande