
होजाई (असम), २९ अक्टोबर (हि.स.)। असमको होजाई जिल्ला स्थित लंका रेलवे स्टेशन नजिकै पुलिसले गाँजा सहित एक जनालाई पक्राउ गरेको छ। आरोपीदेखि ४.८८ किलो गाँजा जफत गरिएको छ।
पुलिसले बिहिवार दिएको जानकारी अनुसार, एउटा ई-रिक्साबाट गाँजा जफत गरिएको हो। पक्रा परेको व्यक्तिको पहिचान गणेश दासका रूपमा भएको छ। उ ई-रिक्सा चालक हुनुका साथै त्यसको मालिक पनि हो। आरोपी लंका रेलवे कोलोनीका बासिन्दा रहेको बताइएको छ।
लामडिङ उपमण्डलका पुलिस उपरीक्षक प्लावन नाथले लंका पुलिससँग मिलेर यो अभियान सञ्चालन गरेका थिए। अभियानका क्रममा ई-रिक्साको तलासी लिँदा गाँजाका प्याकेटहरू जफत भएपछि चालकलाई पक्राउ गरिएको हो।
पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ। अनुसन्धानका क्रममा गाँजाको आपूर्तिको स्रोत र यस प्रकरणमा अन्य व्यक्तिहरूको संलग्नताबारे पत्ता लगाउने प्रयास भइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी