
अगरतला, 29 अक्टोबर (हि.स.)। त्रिपुराका मुख्यमन्त्री डा. माणिक साहाले बिहीवार सेवाधाममा विश्व हिन्दू परिषद (विहिप), गुवाहाटी क्षेत्रका पूर्णकालिक कार्यकर्ताहरूको अभ्यास वर्गमा भाग लिए। यस अवसरमा उनले पूर्वोत्तरका विभिन्न राज्यबाट आएका कार्यकर्ताहरूसित भेट गरी उनीहरूसित शुभकामना आदान-प्रदान गरे।
मुख्यमन्त्रीले सोशल मिडियामा पोस्ट मार्फत उक्त जानकारी साझा गरे। उनले बताए, सेवाधाममा आयोजित कार्यक्रममा पूर्वोत्तरका विभिन्न राज्यका विश्व हिन्दू परिषद्का पूर्णकालिक कार्यकर्ताहरूले भाग लिए।
यस भेटको क्रममा मुख्यमन्त्रीले कार्यकर्ताहरूसँग अन्तरक्रिया गरी उनीहरूसित अभिवादन अनि शुभकामना आदानप्रदान गरे। यस कार्यक्रममा पूर्वोत्तरका विभिन्न राज्यका कार्यकर्ताहरूको उपस्थिति देखियो।
--------
/ बिशाल