
गान्तोक, 03 अक्टोबर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले एसियाली खेलकुद २०२६ मा स्वर्ण पदक जितेकोमा भारतीय क्रिकेट टोलीलाई बधाई दिएका छन्।
मुख्यमन्त्रीले शनिबार सामाजिक सञ्जालमार्फत भारतीय टोलीलाई बधाई दिँदै टोलीको दृढता, अनुशासन, सामूहिक भावना तथा संघर्षशील जुझारुपनले पुनः सम्पूर्ण देशलाई गौरवान्वित बनाएको बताएका छन्।
स्मरण रहोस्, एसियाली खेलकुदको पुरुष क्रिकेटको फाइनलमा भारतले आज पाकिस्तानलाई १९ रनले पराजित गर्दै लगातार दोस्रोपटक स्वर्ण पदक जितेको हो। भारतले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर २११ रन बनाएको थियो भने पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १९२ रन मात्र बनाउन सक्यो।
हिन्दुस्थान समाचार / बिशाल