भुटानमा हिमनदी ताल विस्फोट भएपछि कोकराझार जिल्ला प्रशासन सतर्क
भूटान में GLOF के बाद कोकराझार प्रशासन सतर्क।


मछली बाजारों में विशेष निगरानी के निर्देश।


मछली बाजारों में विशेष निगरानी के निर्देश।


- माछा बजारमा विशेष निगरानी राख्ने निर्देश

कोकराझार (असम), 31 अक्टोबर (हि.स.)।-भुटानमा ग्लेशियल लेक आउटबर्स्ट फ्लड (जीएलओएफ)-को घटनापछि आज सङ्कोश नदीमा ठूलो सङ्ख्यामा माछाहरूको मृत्यु भएको खबरलाई ध्यानमा राख्दै कोकराझार जिल्ला प्रशासनले बजारमा निगरानी बढाएको छ। सर्वसाधारणको स्वास्थ्यको सुरक्षालाई ध्यानमा राख्दै मृत, बासी एवं खान नहुने माछाको बिक्रीमा प्रतिबन्ध सुनिश्चित गर्नको लागि सम्बन्धित विभागलाई तत्काल बजार निरीक्षण गर्ने निर्देश दिएको छ।

यस सन्दर्भमा शनिवार कोकराझार जिल्ला आयुक्त पङ्कज चक्रवर्तीको अध्यक्षतामा डीसी कार्यालयको सम्मेलन हलमा एक महत्त्वपूर्ण बैठक आयोजना गरियो। बैठकमा अतिरिक्त जिल्ला आयुक्त, सर्कल अफिसर एवं सम्बन्धित विभागका अधिकारीहरू उपस्थित थिए। बैठकमा भुटानमा बाढ़ीबाट उत्पन्न अवस्था र सावधानीका उपायहरूको समीक्षा गरियो।

बैठकमा सङ्कोश नदीमा प्रचुर मात्रामा माछाहरूको मृत्यु भएपछि स्थानीय बजारमा मरेको वा दूषित माछा पुग्ने सम्भावनामाथि गम्भीर चिन्ता व्यक्त गरियो। विशेष गरी कोकराझार जिल्लाको गोसाईगाउँ उपमण्डलको बजारमा यस्ता माछाहरूको बिक्री हुने आशङ्कालाई केन्द्र गर्दै जिल्ला आयुक्तले सम्बन्धित अधिकारीहरूलाई तत्काल बजार निरीक्षण गर्न र मृत, बासी वा अनुपयुक्त माछाको बिक्रीमा कड़ा नजर राख्न निर्देश दिए। सङ्कोश नदीबाट मृत माछा सङ्कलन गर्न वा बिक्रीलाई रोक्न आवश्यक कदम चाल्न पनि भनिएको छ।

बैठकपछि कोकराझारका सर्कल अफिसरले कार्यकारी अधिकृत (ईओ) एवं अन्य अधिकारीहरूसँग स्थानीय बजारको निरीक्षण गरे। यस समय माछा विक्रेताहरूलाई मृत तथा संदिग्ध माछाहरू नबेच्ने चेताउनी दिइयो। साथै यस्तो माछा सेवन गर्दा हुने सम्भावित स्वास्थ्य जोखिमबारे सर्वसाधारणलाई सचेत पनि गराइयो।

जिल्ला प्रशासनले सर्वसाधारणलाई सतर्क रहन अनि मृत, बासी वा संदिग्ध श्रोतबाट माछा किन्न वा खानबाट जोगिन अपिल गरेको छ। मानिसहरूलाई भरपर्दो श्रोतबाट मात्र ताजा खाद्य पदार्थ किन्न सल्लाह दिइएको छ। यसबाहेक बजारमा कतै पनि सन्दिग्ध माछा बिक्री भएको देखिएमा तुरुन्तै सम्बन्धित अधिकारीलाई सूचित गर्न आग्रह गरिएको छ।

यता सङ्कोश नदीको जलस्तर घट्दै गएको छ भने हाल कुनै आकस्मिक बाढ़ी आउने अपेक्षा गरिएको छैन। तर जिल्ला प्रशासनले निरन्तर अवस्थाको निगरानी गरिरहेको छ। कुनै पनि सम्भावित परिस्थितिको सामना गर्न सतर्क रहेको बताइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande