मा फ्लाइओभरमा दुईव टा कार आपस्तमा ठोक्किए, चार जना गम्भीर घाइते
मां फ्लाईओवर पर दुर्घटना में क्षतिग्रस्त दोनों चारपहिया वाहन।


कोलकाता, 31 अक्टोबर (हि.स.)। कोलकाताको मा फ्लाइओभरमा शनिवार बिहान भएको ठूलो सड़क दुर्घटनामा चार जना मानिसहरू गम्भीर रूपमा घाइते भए। घाइतेहरूमा एकजना बालक पनि छ। दुर्घटना बिहानको समयमा तपसिया नजिकै भएको हो जहाँ दुई वटा चार चक्के वाहन आपस्तमा ठोक्किए। ठक्करको धक्का यति गम्भीर थियो कि दुवै वाहन पूर्ण रूपले क्षतिग्रस्त भएका छन्।

पुलिस अनुसार एउटा चार चक्के वाहन पार्क सर्कस तिरबाट बाइपासतर्फ द्रुत गतिमा गइरहेको थियो। यसैबीच चालकले नियन्त्रण गुमाएको कारणले वाहन डिभाइडरलाई नाघेर अर्को लेनमा पुग्यो जसको विपरीत दिशाबाट आइरहेको अर्को चार चक्के वाहनसित भिड़न्त भयो।

घटनास्थलमा पुगेको पुलिसले घाइतेहरूलाई अस्पतालमा पुऱ्यायो। सूत्र अनुसार घाइतेहरूमध्ये एकजनालाई एसएसकेएम अस्पतालमा भर्ना गरिएको छ। तथापि घाइतेहरूको नाम र पहिचान अझै थाहा हुन सकेको छैन।

दुर्घटना हुँदा चालक मातेको थियो कि थिएन, पुलिसले अनुसन्धान गरिरहेको छ। दुर्घटनाको वास्तविक कारण अहिलेसम्म थाहा हुन सकेको छैन। दुवै दुर्घटनाग्रस्त वाहनहरूलाई तपसिया पुलिस स्टेशनमा लगिएको छ।

दुर्घटनाको कारणले केही समयसम्म उक्त क्षेत्रमा यातायात प्रभावित भयो। तर पछि स्थिति सामान्य भयो। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande