
ग्वालपाड़ा (असम), 06 अक्टोबर (हि.स.)। असमको ग्वालपाड़ा जिल्ला अन्तर्गत दुधनैको बेसिमारी गाउँमा घरमा सुतिरहेकी एकजना युवतीमााथि अज्ञात व्यक्तिले एसिड फ्याँकेको सनसनीपूर्ण घटना प्रकाशमा आएको छ। यस घटनामा रमिता सूत्रधार गम्भीर घाइते भएकी छन्। उनको अवस्था गम्भीर रहेको बताइएको छ।
पुलिसले आज दिएको जानकारीअनुसार, रमिता आफ्नो घरभित्र सुतिरहेकी थिइन्, यसैबेला एकजना अज्ञात आक्रमणकारीले कथित रूपमा भित्ताको माथिबाट एसिड फ्याँके। यसपछि अभियुक्तले घरको वरिपरी पेट्रोल हालेर घरमा आगो लगाउने प्रयास पनि गऱ्यो।
घटनापछि परिवार भयभित भएको छ। गम्भीर घाइते रमितालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ जहाँ उनको उपचार भइरहेको छ।
भनिन्छ, रमिताको परिवार आर्थिक रूपमा कमजोर छ। उनका बुवाले दैनिक मजदुरीको काम गर्छन्। उक्त घटनाले यस परिवारको निम्ति झन् समस्या निम्त्याएको छ।
घटनाको जानकारी पाएपछि वरिष्ठ पुलिस अधिकारीहरू घटनास्थलमा पुगे अनि अनुसन्धान शुरु गरे। पुलिस हमला पछाड़िएको उद्देश्य पत्तो लगाउनका साथै अभियुक्तको पहिचान गरी पक्राउ गर्ने प्रयास गरिरहेको छ। एसिड आक्रमण र आगो लगाउने प्रयासको उद्देश्य अझै स्पष्ट हुन सकेको छैन
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा