
जलपाईगुडी, 06 अक्टोबर (हि.स.)। रेजिनगर विधानसभा उपचुनाउको दिन आम जनता उन्नयन पार्टीका प्रमुख नेता हुमायुँ कबीरलाई पक्राउ गरिएकोमा राजनीतिक बयानबाजी तीव्र भएको छ। जलपाईगुडीमा आयोजित एक पार्टी कार्यक्रममा आएका भाजपाका प्रदेश अध्यक्ष तथा सांसद शमिक भट्टचार्यले पक्राउलाई लिएर कड़ा प्रतिक्रिया व्यक्त गरे।
शमिक भट्टचार्यले भने, पक्राउ गर्न आवश्यक थियो, त्यैसैले पुलिसले पक्राउ गरेको हो। पुलिसले यो काम पहिला किन गरेन? उनले आरोप लगाए, चुनाउ आचार संहिताको उल्लङ्घन गर्नेहरूविरुद्ध पुलिसले पहिला नै कारबाही गर्नुपर्ने थियो। रेजिनगर उपचुनाउको परिणामको सन्दर्भमा शमिक भट्टाचार्यले भाजपाको जीत हुने दाबी गर्दै भने, यसपालि अल्पसङ्ख्यक मतदाताको समर्थन पनि भाजपाले पाउनेछ। पार्टी उम्मेद्वारहरूले सहज अन्तरले जित्नेछन्। उनले भने, आगामी वर्षहरूमा राज्य र केन्द्रमा भाजपाको सरकार परिवर्तन हुने कुनै सम्भावना छैन।
अल्पसङ्ख्यक समुदायसित सम्बन्धित आफ्नो बयानमा उनले भने, अल्पसङ्ख्यकहरूलाई राम्रो लागोस् कि नलागोस्, हामीसँगै बस्नुपर्छ। यद्यपि, उनले स्पष्ट पारे, यो कुनै पनि प्रकारको धम्की होइन। साथै उनले दाबी गरे, नन्दीग्राममा पछिल्लो पटकको तुलनामा भाजपाले यसपालि पाँच गुणा बढी मतको अन्तरले जित्नेछ।
/ बिशाल