असमका मुख्यमन्त्रीले वायुसेना दिवसको अवसरमा  वायुसेनाका जवानहरूलाई दिए शुभकामना
The image shared by Assam CM Dr Himanta Biswa Sarma.


गुवाहाटी, 08 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले बिहीवार वायु सेना दिवसको अवसरमा भारतीय वायु सेनाका सबै कर्मचारीहरूलाई हार्दिक शुभकामना दिए।

मुख्यमन्त्रीले सामाजिक सञ्जाल पोस्टको माध्यमबाट देशको सुरक्षाको लागि आफ्नो प्राणको परवाह नगरी आकाश मार्रागबाट सेवा दिने वायु सेनाका जवानहरूको साहस एवं बलिदानलाई नमन गरे। उनले भने, राष्ट्रप्रति वायुसेनाका जवानहरूको कर्तव्यनिष्ठा तथा अदम्य साहस सबैका लागि गर्वको विषय हो।

उनले भारतीय वायु सेनाका प्रत्येक बहादुर सिपाहीप्रति कृतज्ञता व्यक्त गर्दै राष्ट्रप्रति उनीहरूको बलिदान, साहस र सेवाका लागि देशवासी सधैँ कृतज्ञ रहने बताए।

--------

/ बिशाल


 rajesh pande