
नगाउँ (असम), 0९ अक्टोबर (हि.स.)। नगाउँ लोकसभा उपचुनाउको मतगणना आज बिहानदेखि शुरु भएको छ। प्रारम्भिक मतगणनामा भारतीय जनता पार्टी (भाजपा) का उम्मेदवारले अग्रता लिइरहेका छन्।
चुनाउ आयोगको आधिकारिक जानकारीअनुसार, भाजपा उम्मेदवार देवाशीष शर्माले ४ हजार ७६१ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार शिवामोनी बोराले १ हजार ३८५ मत पाएका छन्। त्यस्तै, तेस्रो स्थानमा रहेका एआईयूडीएफका उम्मेदवार मौलाना बदरुद्दिन अजमलले ९८१ मत प्राप्त गरेका छन्। ‘नोटा’ मा १२७ मत परेको छ।
उल्लेखनीय छ, नगाउँ लोकसभा उपचुनाउका लागि गत ६ अक्टोबरमा मतदान भएको थियो। भाजपा, कांग्रेस र एआईयूडीएफलगायत कुल १५ जना उम्मेदवार चुनावी मैदानमा छन्।
/ बिशाल