भारतका विदेशमन्त्री जयशंकर र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहबीच शिष्टाचार भेटवार्ता
भारतका विदेशमन्त्री जयशंकर र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहबीच शिष्टाचार भेटवार्ता


गान्तोक, 22 नोभेम्बर (हि.स.)। भारतका विदेशमन्त्री डा. एस. जयशंकरले भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग आइतबार साँझ शिष्टाचार भेटवार्ता गरेका छन्। उक्त जानकारी पीएमओ नेपालले आज सामाजिक सञ्जाल पोस्टमा साझा गरेको छ।

नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको भेटवार्ताका क्रममा नेपाल-भारत द्विपक्षीय सम्बन्धका विविध पक्षबारे छलफल भयो। विशेषगरी सम्पर्क सञ्जाल, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा दुवै नेताबीच विचारविमर्श भएको जनाइएको छ।

भेटका क्रममा नेपाल र भारतबीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ़ बनाउने विषयमा समेत छलफल भएको थियो।

उल्लेखनीय छ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि आज भारत आएका हुन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande