एड्स रोकथाममा पश्चिम बङ्गालको ठूलो उपलब्धि, 'सुरक्षित' सम्मान बीरभूमले पाउने
एड्स रोकथाममा पश्चिम बङ्गालको ठूलो उपलब्धि, 'सुरक्षित' सम्मान बीरभूमले पाउने


कोलकाता, 26 नोभेम्बर (हि.स.)। एचआईभी सङ्क्रमणको रोकथाम तथा संक्रमित बिरामीहरूलाई राम्रो चिकित्सा सुविधा उपलब्ध गराउने क्षेत्रमा उल्लेखनीय सफलताका लागि पश्चिम बङ्गालको बीरभूम जिल्लालाई राष्ट्रिय स्तरमा पुरस्कृत गरिनेछ। आगामी एक दिसम्बरका दिन विश्व एड्स दिवसमा नयाँ दिल्लीमा आयोजना हुन गइरहेको समारोहमा केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बीरभूमलाई 'सुरक्षित' सम्मान प्रदान गर्नेछन्।

मन्त्रालयद्वारा नोभेम्बर 23- मा जारी पत्रमा बताइएको छ, 'मोबिलाइजेशन फर एड्स सुरक्षा' अभियान अन्तर्गत जिल्लाले 95-95-95- को लक्ष्य हासिल गरेको छ। यस उपलब्धिका लागि बीरभूमका जिल्ला मेजिस्ट्रेट धवल जैन र जिल्ला स्वास्थ्य विभागका अधिकारीहरूको प्रयासको प्रशंसा गरिएको छ।

95-95-95 लक्ष्यमा एचआईभी संक्रमित 95 प्रतिशत मानिसहरूको पहिचान, पहिचान गरिएका 95 प्रतिशत बिरामीहरूमा एन्टिरेट्रोभाइरल उपचार तथा उपचार गरिएका 95 प्रतिशत बिरामीहरूमा भाइरसको स्तर नियन्त्रण समावेश छन्।

आगामी एक दिसम्बरमा दिल्लीको डा. अम्बेडकर इन्टरनेशनल सेन्टरमा हुने कार्यक्रममा जिल्ला मेजिस्ट्रेटसँगै मुख्य स्वास्थ्य अधिकारी तथा जिल्ला एड्स नियन्त्रण अधिकारीलाई पनि निम्तो दिइएको छ। यस सम्मानले एचआईभी रोकथाम, स्क्रिनिङ्ग र उपचारमा जिल्लाको प्रयासलाई राष्ट्रिय मान्यता दिलाउनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande