
गुवाहाटी, 26 नोभेम्बर (हि.स.)। गुवाहाटीमा आगामी 29 नोभेम्बरमा हुनगइरहेको तेस्रो गुवाहाटी म्याराथनलाई ध्यानमा राख्दै ट्राफिक पुलिसले एनएच-27 मा ट्राफिक व्यवस्थामा परिवर्तन गर्ने घोषणा गरेको छ। म्याराथन अर्जुन भोगेश्वर बरुआ स्पोर्ट्स कम्प्लेक्सबाट बिहान 5 बजे शुरु हुनेछ जसलाई मध्यनजर गर्दै आगामी 29 नोभेम्बरको बिहान 3 बजेदेखि म्याराथनको अन्त्यसम्म अपोलो एक्सेल केयरदेखि लालमाटीसम्म एनएच-27 को उत्तरी भागमा ट्राफिक प्रतिबन्ध लागू रहनेछ।
ट्राफिक पुलिस अनुसार खानपाड़ाबाट जालुकबाड़ी तर्फ जाने सवारी साधनहरू एनएच-27 को सामान्य मार्गमा चल्नेछन्। साथै जालुकबाड़ीदेखि खानापाड़ासम्म जाने सवारी साधनहरू अपोलो एक्सेल केयरसम्म मुख्य सड़क हुँदै जानेछन्, त्यसपछि तिनीहरूलाई उत्तरी भागको सर्भिस रोडबाट लालमटीतर्फ फर्काइनेछ। त्यहाँबाट सवारी साधनहरू मुख्य राजमार्गमा खानपाड़ातर्फ जान सक्नेछन्।
अपोलो एक्सेल केयरदेखि लालमतीसम्मको उत्तरी सर्भिस रोडमा यातायातको सामान्य दिशाविरुद्ध सवारी साधनको आवागमन निषेध गरिनेछ। गोरचुकदेखि लालमाटी पोइन्टसम्मको एनएच-27 को मुख्य सड़क र सर्भिस रोडलाई नो पार्किङ जोन घोषणा गरिएको छ।
जलुकबारीबाट आउने म्याराथन सहभागीहरू मुख्य सड़कदेखि अपोलो एक्सेल केयर पुगेपछि उत्तरी सर्भिस रोडबाट खेलकुद परिसरमा पुग्नेछन्। खानपाड़ा छेउबाट आउने सहभागीहरूले खेलकुद परिसर अगाड़िको मुख्य सड़कबाट दक्षिणी सर्भिस रोड हुँदै लोखरा फ्लाइओभरमुनि यु-टर्न लिएर आयोजन स्थलमा पुग्नेछन्।
अर्जुन भोगेश्वर बरुआ स्पोर्ट्स कम्प्लेक्स र असम इलेक्ट्रिसिटी ग्रिड कर्पोरेशन लिमिटेड (एईजीसीएल) कम्प्लेक्समा निर्धारित स्थानहरूमा सहभागीहरूको सवारी साधन पार्किङ्ग गर्न अनुमति दिइनेछ।
ट्राफिक प्रतिबन्धले एम्बुलेन्स, फायर इञ्जिन, जीवनरक्षक औषधि एवं अक्सिजन सिलिण्डर बोक्ने सवारी साधन, स्कूल बस, दुधको वाहन रअनि स्थानीय बासिन्दाका सवारी साधनहरूको आवागमनमा कुनै असर पर्ने छैन।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा