उपलीमा परालको धुलो परेको विवादमा किसानको खेतमा आगजनी
गलरिया गांव में किसान के खलिहान में आग से जली फसल ।


मिर्जापुर, २६ नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको मिर्जापुर जिल्लाको ड्रमण्डगञ्ज थाना क्षेत्र अन्तर्गत गलरिया गाउँमा उपली (गोबरको गुइँठा) मा धानको परालको धुलो परेको विषयलाई लिएर भएको विवादपछि एक किसानको खेतमा आगो लगाइएको घटना सार्वजनिक भएको छ। बुधवार अबेर राति लागेको आगलागीमा दुई बिघा जमीनको धानको पराल, खाट, ओछ्यान तथा छाप्रो जलेर खरानी भएको छ। किसानले गाउँकै एक दम्पतीमाथि आगो लगाएको आरोप लगाउँदै बिहिवार पुलिस थानामा उजुरी दिएका छन्।

किसान भोला सिंह पटेल अनुसार बुधवार साँझ उनी दुई बिघा जमीनमा लगाएको धानबालीको मड़ाई गराइरहेका थिए। यस क्रममा थ्रेसिङबाट निस्किएको परालको धुलो गाउँकी एक महिलाको उपलीमा परेको थियो। यही विषयलाई लिएर ती महिला र उनका पति खेतमा पुगेर गालीगलौज गर्न थाले। किसानले उपलीमा जमेको धुलो सफा गराइदिने आश्वासन दिएका थिए।

आरोप अनुसार राति लगभग ११ बजी उक्त दम्पतीले खेतमा राखिएको परालमा आगो लगाइदिए। आगोले दुई बिघा जमीनको पराल, खाट, ओछ्यान तथा छाप्रो जलेर नष्ट भयो। किसानले पुलिससंग आरोपीहरू विरुद्ध कारबाही गर्न माग गरेका छन्।

थानाध्यक्ष जितेन्द्र कुमारले किसानको उजुरी प्राप्त भएको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande