भीडियो कलको स्क्रिनसट लिएर किशोरीलाई ब्ल्याकमेल, होटलमा बोलाएर बलात्कार
jodhpur


जोधपुर, २६ नोभेम्बर (हि.स.)। शहरको सरदारपुरा क्षेत्रमा रहेको एउटा होटलमा किशोरीमाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ। परिचित आरोपीले किशोरीसँग भीडियो कलमा कुरा गर्ने क्रममा उनको स्क्रिनसट लिएको थियो। त्यसपछि ती तस्बिरका आधारमा ब्ल्याकमेल गर्दै धम्की दिएर उनलाई एउटा होटलमा बोलाई बलात्कार गरेको आरोप लागेको छ। पीड़ित किशोरी हिजो पुलिस थानामा पुगेर उजुरी दर्ता गराएकी छन्। पुलिसले पीड़िताको स्वास्थ्य परीक्षण गराएको छ भने थप अनुसन्धान जारी रहेको छ।

सरदारपुरा पुलिस अनुसार, नाबालिग पीड़िताको उजुरीका आधारमा मुद्दा दर्ता गरिएको छ। उजुरीमा उल्लेख भएअनुसार उनको एक युवकसँग चिनजान थियो। उनीहरूबीच सामाजिक सञ्जाल मार्फत पनि कुराकानी हुने गर्दथ्यो। केही दिनअघि युवकसँग भीडियो कलमा कुरा हुँदा परिचित युवकले उनको स्क्रिनसट लिएका थिए। त्यसपछि ती युवकले उनलाई ब्ल्याकमेल गर्दै धम्क्याउन थाले।

आरोपीले उनलाई एउटा होटलमा बोलाएर नशालु पदार्थ सेवन गराई बलात्कार गरेको पीड़िताले आरोप लगाएकी छन्। पुलिसले पीड़िताको स्वास्थ्य परीक्षण गराएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पुलिसले जनाएको छ।

/ बिशाल


 rajesh pande