मोहन भागवतले शाहनवाज हुसैनको निवासमा पुगेर छोरा-बुहारीलाई दिए आशीर्वाद
नई दिल्ली स्थित आवास पर शुक्रवार को भाजपा के राष्ट्रीय प्रवक्ता सैयद शाहनवाज हुसैन के बेटे अरबाज और पुत्रवधू अफशां को आशीर्वाद देते आरएसएस सरसंघचालक मोहन भागवत।


नयाँ दिल्ली, २७ नोभेम्बर (हि.स.)। राष्ट्रिय स्वयंसेवक संघका सरसंघचालक डा. मोहन भागवत शुक्रवार भाजपा राष्ट्रिय प्रवक्ता तथा पूर्व केन्द्रिय मन्त्री सैयद शाहनवाज हुसैनको दिल्ली स्थित निवासमा पुगेका छन्। त्यहाँ उनले उनका छोरा अरबाज हुसैन र बुहारी अफशाँलाई आशीर्वाद दिएका छन्।

शाहनवाज हुसैनले सामाजिक सञ्जालको माध्यम एक्समा यस भेटका तस्बिरहरू साझा गर्दै यसबारे जानकारी दिएका छन्। उनले लेखेका छन्, “आज राष्ट्रिय स्वयंसेवक संघका सरसंघचालक श्रद्धेय मोहन भागवतजी हाम्रो दिल्ली स्थित निवासमा छोरा अरबाज र बुहारी अफशाँलाई आशीर्वाद दिन आए।”

उनले डा. भागवतको स्नेह र आशीर्वाद आफ्नो सम्पूर्ण परिवारका लागि अमूल्य रहेको बताएका छन्। शाहनवाज हुसैनले आफ्नो परिवारका तर्फबाट भागवतप्रति हृदयदेखि आभार पनि व्यक्त गरेका छन्।

शाहनवाज हुसैनले साझा गरेका चार वटा तस्बिरमा मोहन भागवत परिवारका सदस्यहरूसँग देखिएका छन्। तस्बिरहरूमा उनले नवविवाहित जोड़ीलाई फूलको गुच्छा र उपहार दिइरहेको देखिन्छ।

उल्लेखनीय छ कि शाहनवाज हुसैनका छोरा अरबाजको विवाह अक्टोबर महिनामा अफशाँ अकरम खानसँग भएको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande