एससी/एसटी समुदायका १२० युवा जना जोङ्ग्री ट्रेकिङका लागि प्रस्थान
एससी/एसटी समुदायका १२० युवा जना जोङ्ग्री ट्रेकिङका लागि  प्रस्थान


गान्तोक, 03 नोभेम्बर (हि.स.)। सिक्किम सरकारको खेलकुद तथा युवा मामिला विभागले माउन्टेनियरिङ एन्ड एड्भेन्चर इन्स्टिच्युट अफ सिक्किम (एमएआईएस) को सहकार्यमा आयोजित एड्भेन्चर क्याम्प कम ट्रेकिङ कार्यक्रम २०२६ अन्तर्गत राज्यका अनुसूचित जनजाति (एसटी) तथा अनुसूचित जाति (एससी) समुदायका १२० जना युवालाई ड्जोङ्ग्री ट्रेकिङ अभियानका लागि प्रस्थान गरेको छ।

प्रस्थान कार्यक्रममा खेलकुद तथा युवा मामिला विभागका निर्देशक डा. आरबी विश्वकर्मा, एभरेस्टर तथा विभागका नोडल अधिकारी कुन्जाङ ग्याछो भोटिया र एमएआईएसका निर्देशकको उपस्थिति रहेको थियो।

दश दिने यस कार्यक्रमअन्तर्गत सहभागी युवाहरूले दुईवटा समूहमा विभाजित भएर जोङ्ग्री ट्रेकिङ अभियान पूरा गर्नेछन्। यस अभियानले युवाहरूलाई पर्वतारोहण, पदयात्रा, सामूहिक कार्य, नेतृत्व क्षमता तथा अनुशासनसम्बन्धी व्यावहारिक अनुभव प्रदान गर्नुका साथै हिमाली प्राकृतिक सौन्दर्यलाई नजिकबाट अनुभव गर्ने अवसर प्रदान गर्नेछ।

दुवै समूह आगामी ६ नोभेम्बरसम्म फर्कने तालिका रहेको छ। सोही दिन कार्यक्रमको समापन समारोह पनि आयोजना गरिनेछ।

यस पहलको मुख्य उद्देश्य एसटी तथा एससी समुदायका युवाहरूमा साहसिक खेलकुद र बाह्य गतिविधिप्रति रुचि बढाउनु, आत्मविश्वास एवं नेतृत्व क्षमताको विकास गर्नुका साथै साहसिक पर्यटन र पर्वतारोहणको क्षेत्रमा उनीहरूको सहभागिता प्रोत्साहित गर्नु रहेको छ।

कार्यक्रमले युवा सशक्तीकरणसँगै सिक्किममा साहसिक खेलकुद तथा पर्यटन प्रवर्द्धन गर्ने राज्य सरकारको प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande