
गुवाहाटी, 0३ नोभेम्बर (हि.स.)। असम राज्य निर्वाचन आयोगले सोनोवाल कछारी स्वायत्तशासित परिषद् (एसकेएसी) को साल २०२६ को आम निर्वाचन कार्यक्रम घोषणा गरेको छ। घोषित कार्यक्रम अनुसार परिषद्का सबै ३२ निर्वाचन क्षेत्रमा 30 नोभेम्बरमा मतदान हुनेछ।
आयोगले मंगलवार जारी गरेको निर्वाचन कार्यक्रम अनुसार 03 नोभेम्बरमा निर्वाचनको अधिसूचना जारी गरिएको छ। उम्मेदवारी दर्ता गर्ने अन्तिम मिति 10 नोभेम्बर तोकिएको छ भने उम्मेदवारीपत्रको जाँच 12 नोभेम्बरमा हुनेछ। उम्मेदवारहरूले 16 नोभेम्बरसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन्। सोही दिन निर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवारहरूको अन्तिम सूची प्रकाशित गरिनेछ।
मतदान 30 नोभेम्बरमा बिहान ७ः३० बजीदेखि अपराह्न ४ बजीसम्म हुनेछ। आवश्यक परेमा 01 दिसम्बरमा पुनः मतदान गराइनेछ। मतगणना 03 दिसम्बर बिहान ८ बजीदेखि शुरु भई प्रक्रिया पूरा नभएसम्म जारी रहनेछ। सम्पूर्ण निर्वाचन प्रक्रिया 5 दिसम्बरसम्म सम्पन्न गरिनेछ।
सार्वजनिक बिदा बाहेक अन्य सबै कार्यदिवसमा बिहान ११ बजीदेखि दिउँसो ३ बजीसम्म उम्मेदवारीपत्र दर्ता गरिनेछ। पुनः मतदान गराउनुपर्ने अवस्था आएमा पनि मतदानको समय यही रहनेछ।
परिषद् निर्वाचनमा कूल १ लाख ६३ हजार ९६६ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन्। यसमा ७९ हजार २९५ पुरुष, ८४ हजार ६६७ महिला तथा अन्य समूहका चार मतदाता रहेका छन्।
परिषद्का सबै ३२ निर्वाचन क्षेत्रमा कूल ३३७ मतदान केन्द्र स्थापना गरिएका छन्
असम राज्य निर्वाचन आयोगले प्रत्येक उम्मेदवारका लागि निर्वाचन खर्चको अधिकतम सीमा दुई लाख रुपियाँ निर्धारण गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी