बाँकुड़ा पुलिस अधिकृतको मृत्यु प्रकरणः चालीस दिनदेखिको सूचनाबिनै ड्यूटीबाट बेपत्ता थिए, अनुसन्धान जारी
बाँकुड़ा पुलिस अधिकृतको मृत्यु प्रकरणः चालीस दिनदेखिको सूचनाबिनै ड्यूटीबाट बेपत्ता थिए, अनुसन्धान जारी


कोलकाता, 03 नोभेम्बर (हि.स.)। बाँकुड़ामा रेलले काटेर एकजना पुलिस इन्स्पेक्टरको मृत्यु भएको प्रकरणमा नयाँ मोड आएको छ। अनुसन्धानको क्रममा थाहा लागेको छ, मृतक इन्स्पेक्टर विगत 40 दिनदेखि कुनै पूर्व सूचना बिनै आफ्नो ड्यूटीबाट अनुपस्थित थिए। जिल्ला पुलिसको अनुसार पुलिस इन्स्पेक्टर जयन्त पाल शुक्रवार मृत्यु हुनुभन्दा एक दिनअघि बिहीवार मात्रै ड्यूटीमा फर्केका थिए।

बाँकुड़ामा जिल्ला गुप्तचर शाखामा कार्यरत जयन्त पाल कथित रूपमा मानसिक तनाउसित जुझिरहेका थिए। उनका सहकर्मीहरूले बताए, उनी अत्यन्त शान्त स्वभावका थिए भने अन्य अधिकारीहरूसँग पनि विरलै कुराकानी गर्थे।

सहकर्मीहरूले यो पनि स्मरण गराए, पूर्व बर्धमानको कटवा पुलिस स्टेशनमा आफ्नो पछिल्लो पोस्टिङ्ग अवधि पनि उनी प्रायः सूचना बिनै अनुपस्थित हुने गर्थे। विधानसभा चुनाउ हुन करिब तीन महिनाअघि कटवामा तैनाथ हुँदा संवेदनशील चुनावी अवधिमा पनि उनी केही हप्तासम्म ड्यूटीबाट गायब भएका थिए। उनका सहकर्मीहरू अनुसार उनको अनुपस्थितिमा ट्राफिक इन्स्पेक्टरले प्रायः पुलिस स्टेशनको जिम्मा लिनुपर्थ्यो।

गत हप्ता शुक्रवार साँझ केथरडाङ्गा रेलवे गेट नजिकैको रेल ट्रयाकबाट इन्स्पेक्टर पालको क्षत-विक्षत शव बरामद भएको थियो। उनलाई डाउन आरण्यक एक्सप्रेसले प्रहार गरेको बताइएको छ। यो दुर्घटना हो वा आत्महत्या भन्ने कुरा पुलिसले अझै पत्तो लगाउन सकेको छैन। बाँकुड़ाका पुलिस अधीक्षक पीवीजी सतीशले भने, हाम्रा अधिकारीहरूले दुर्घटना र मानसिक तनाउ सहित हरेक सम्भावित पक्षबारे अनुसन्धान गरिरहेका छन्। उनका परिवारका सदस्य र सहयोगीहरूको बयान पनि रेकर्ड गरिएको छ। जाँचकर्ताहरूले सम्भावित व्यक्तिगत शत्रुताको कोणलाई पनि हेरिरहेका छन्।

इन्स्पेक्टर पालको परिवारले उनको मानसिक तनाउको कारण कुनै पनि राजनीतिक दबाव भएको कुरा अस्वीकार गरेको छ। कथित रूपमा स्थानीय तृणमूल कङ्ग्रेस नेताहरूसँगको निकटताको कारण राज्यमा राजनीतिक परिवर्तन भएपछि उनलाई कटवाबाट स्थानान्तरण गरिएको थियो।

अनुसन्धानकर्ताहरूले जयन्त पालसँग सम्बन्धित एउटा पुरानो घटनामा पनि अनुसन्धान गरिरहेका छन्, जसमा उनलाई गोली दागिएको थियो। गत वर्ष 20 फरवरीमा जब उनी हुगलीको चण्डीतला पुलिस स्टेशनका प्रभारी निरीक्षक थिए, हावड़को घोषपाड़ा क्षेत्रमा रहेको इन्धन स्टेशन नजिकै उनको हातमा गोली लागेको थियो। यस गोलीकाण्डलई विवाहेतर सम्बन्धसँग जोडिएको बताइएको छ। जयन्त पाल मूलतः पश्चिम बर्धमानको आसनसोल उत्तर पुलिस थाना क्षेत्रका थिए। यसैबीच बाँकुड़ा सम्मिलानी मेडिकल कलेज एवं अस्पतालमा गरिएको पोस्टमर्टमको प्रारम्भिक रिपोर्टमा कुनै पनि लागूऔषध सेवन गरेको प्रमाण फेला परेको छैन। पुलिसले यस विषयमा गम्भीरताको साथमा अनुसन्धान गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande