
श्रीनगर, ०४ नोभेम्बर (हि.स.)। जम्मू-कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगरस्थित बेमिना क्षेत्रको दुर्बलमा मंगलबार र बुधबारको मध्यरातमा भएको आगलागीमा करिब ८० वटा अस्थायी आश्रयस्थल जलेर नष्ट भएका छन्। उक्त घटनामा दुई जनाको मृत्यु भएको छ। मृतक दुवै दिल्लीका निवासी रहेको बताइएको छ।
एक अधिकारीका अनुसारख् राति करिब १२ः२३ बजी आगलागी शुरु भएको थियो। तिरपाल र काठबाट निर्माण गरिएका अस्थायी आश्रयस्थलहरूमा आगो तीव्र गतिमा फैलिएको थियो। आगलागीबाट एउटा खाली कुखुरा फार्म र एउटा टिपर ट्रकमा समेत क्षति पुगेको छ।
आगो नियन्त्रणमा लिन जेबीसी र रावलपोरा अग्नि नियन्त्रण केन्द्रका दमकलहरू परिचालन गरिएको थियो। साथै, बटमालुस्थित अग्नि तथा आपतकालीन सेवा मुख्यालयबाट थप सहयोग टोलीसमेत पठाइएको थियो।
अधिकारीका अनुसार, अग्नि तथा आपतकालीन सेवा विभागमा सूचना पुग्दासम्म सम्पूर्ण क्षेत्र आगोको लपेटामा परिसकेको थियो। आगो नियन्त्रणमा लिएपछि भग्नावशेषबाट दुई जनाको शव फेला परेको थियो।
मृतकको पहिचान दिल्ली निवासी २७ वर्षीय मोहम्मद नूर आलम, जो हाल दुर्बलमा बस्दै आएका थिए, तथा दिल्ली निवासी १६ वर्षीय अल अमीन, जो हाल कुपवाडामा बस्दै आएका थिए, का रूपमा गरिएको छ।
प्राप्त जानकारीअनुसार, दुवै जना उक्त क्षेत्रमा कवाड सङ्कलन गर्ने काम गर्दै आएका थिए। विधि विज्ञान प्रयोगशालाको प्रक्रिया पूरा भएपछि शवहरू पुलिसलाई बुझाइएको छ।
अधिकारीका अनुसार, आगलागीको कारण हालसम्म खुल्न सकेको छैन।
हिन्दुस्थान समाचार / भवानी थामी