जलपाईगुड़ी: दिवालीपूर्व अमरपुर चिया बगान बन्द, श्रमिक सङ्कटमा
सस्पेंशन ऑफ वर्क का नोटिस पढ़ते श्रमिक


जलपाईगुड़ी, 05 नोभेम्बर (हि.स.)। दुर्गा पूजाको बाँकी बोनसको मागमा श्रमिकहरूले गरिरहेको विरोध प्रदर्शनबीच जलपाईगुड़ीस्थित अमरपुर चिया बगानलाई बन्द गरिएको छ जसबाट दिपावलीपूर्व श्रमिकहरूमा गम्बीर सङ्कट उत्पन्न भएको छ। बिहीवार बिहान श्रमिकहरू काममा जाँदा उनीहरूले बगानको मुख्य द्वारमा ताला झुण्डिएको देखे। साथै गेटमा कामबन्दी (सस्पेन्शन अफ वर्क)- को नोटिस पनि टाँसिएको थियो। यसरी अचानक भएको तालाबन्दीले बगानका लगभग 3 सय श्रमिक र उनीहरूका परिवारहरूमाथि रोजगारको सङ्कट आइलागेको छ।

श्रमिकहरूको भनाइ छ, उनीहरूले सरकारद्वारा निर्धारित 20 प्रतिशतको दरले दुर्गा पूजा बोनसको माग लामो समयदेखिकै गरिरहेका थिए। श्रम विभागसित भएको बैठकमा सहमति भएपछि प्रबन्धनले पूजाअघि 13.80 प्रतिशतको दरले बोनस भुक्तान गरेको थियो। श्रमिकहरूको दाबी छ, रहेको 6.20 प्रतिशत बोनसको भुक्तान दिवालीपूर्व गर्ने आश्वासन दिइएको थियो। तर तय समय-सीमाभित्रमा बाँकी बोनस भुक्तान नगरेको कारणले श्रमिकहरूले पछिल्लो केही दिनदेखिको आन्दोलन गर्न शुरू गरेका थिए।

यसबीच बिहीवार बिहान काममा फर्केका श्रमिकहरूले बगनको मुख्य द्वारमा ताला झुण्डिएको र छेउमा कामबन्दीको नोटिस देखेर हक्क न ब क्क भए। चाड़पर्वमा बोनसको बाँकी धनराशि नपाएको तथा अचानक बगान बन्द भएकोले श्रमिकहरूलाई घरमा चुला जलाउन गाह्रो भएको छ। श्रमिकहरूको भनाइ छ, यस्तो स्थितिमा उनीहरूको जीवन यापन पूर्ण रूपले अनिश्चित भएको छ।

बगानलाई चाँड़ोभन्दा चाँड़ो खोलााउने तथा आफ्नो बाँकी हक पाउनका लागि श्रमिकहरूले अब श्रम विभाग, जिल्लाधिकारी औ मुख्यमन्त्रीसित गुहार माग्ने फसेला गरेका छन्। हाल दिपावलीको यस माहोलमा अमरपुर चिया बगानका सयकड़ौं श्रमिकहरू तथा उनीहरूका परिवारहरूले स्थिति सामान्य हुने प्रतिक्षा गरिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande