भारत रत्न भूपेन हजारिकाको पुण्यतिथिमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले दिए श्रद्धाञ्जली
भूपेन हजारिका की पुण्यतिथि पर मुख्यमंत्री शुभेंदु अधिकारी ने दी श्रद्धांजलि


कोलकाता, 05 नोभेम्बर (हि.स.)। सुविख्यात सङ्गीतकार औ गायक भारत रत्न डा. भूपेन हजारिकाको पुण्यतिथिमा पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। बिहीवार मुख्यमन्त्रीले सामाजिक सञ्जालको माध्यमबाट एउटा सन्देश जारी गरी महान कलाकारलाई नमन गरे।

मुख्यमन्त्री शुभेन्दु अधिकारीले आफ्नो सन्देशमा लेखे, किँवदन्ती सङ्गीत कलाकार, कवि, सङगीतकार, फिल्म निर्देशक औ अभिनेता भारत रत्न भूपेन हजारिकाको पुण्यतिथिमा विनम्र श्रद्धाञ्जली।

उल्लेखनीय छ, भूपेन हजारिकाको जन्म 8 सेप्टेम्बर, 1926-मा असमको सदियामा भएको थियो। उनको निधन 5 नोभेम्बर, 2011-मा मुम्बईमा भएको थियो। बिहीवार उनको 15औं पुण्यतिथि मनाइँदैछ। उनलाई असमको सांस्कृतिक पहिचान र भारतीय सङ्गीत जगतका एक महत्वपूर्ण स्तम्भ मानिन्छ।

भूपेन हजारिकाले आफ्नो विशिष्ट आवाज, गीत एवं सङ्गीतको माध्यमबाट असमको लोकसंस्कृतिलाई राष्ट्रीय औ अन्तर्राष्ट्रिय पहिचान दिलए। उनले असमिया, हिन्दी र बङ्गला बाहेक केही भारतीय भाषाहरूमा पनि गीत गाएका छन्। उनका लोकप्रिय गीतहरू- 'दिल हूं हूं करे' औ 'ओ गंगा तू बहती है क्यों' -ले आज पनि सङ्गीत प्रेमीहरूमाझ विशेष स्थान ओगट्छन्।

सङ्गीत र सिनेमाको क्षेत्रमा उनको अतुलनीय योगदानको लागि उनलाई दादा साहेब फाल्के पुरस्कार, पद्मश्री, पद्मभूषण औ पद्म विभूषण सहित अनेकौं प्रतिष्ठित सम्मानहरूद्वारा सम्मानित गरिएको छ। वर्ष 2019- मा उनलाई मरणोपरान्त देशको सर्वोच्च नागरिक सम्मान भारत रत्नले सम्मानित गरिएको थियो।

उनका रचनाहरूले आज पनि सङ्गीत प्रेमीहरूलाई मानवीय संवेदना, सामाजिक सद्भाव औ एकताको सन्देश दिन्छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande