
नगाउँ (असम), 05 नोभेम्बर (हि.स.)। नगाउँ जिल्लाको सामागुरी क्षेत्रमा भएको एक सड़क दुर्घटनामा एकजना युवकको मृत्यु भयो। पुलिसले बिहीवार बतायो, बितेको राती सामागुरीको हेमाबाड़ी क्षेत्रस्थित राष्ट्रिय राजमार्ग- 127 मा कलियाबरदेखि नगाउँ तर्फ गइरहेको द्रूत गतिको सेन्ट्रो कार ट्याङ्करसित ठोक्कियो जसले गर्दा एकजना युवकको घटनास्थलमै मृत्यु भयो।
मृत युवकको पहिचान नगाउँ बरबजार निवासी आबू इफ्तिजान जहानको रूपमा भएको छ। मृतक वरिष्ठ चिकित्सक अबू हनीफका एकमात्र पुत्र रहेको बताइएको छ।
घटनाको जानकारी पाउनसाथ घटनास्थलमा पुगेको पुलिसको टीमले मृत्यु युवकको शवलाई आफ्नो कब्जामा पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदिएको छ। युवकको अचानक भएको मृत्युले सम्पूर्ण गाउँलाई शोकाकुल बनाएको छ। पुलिसले घटनाको सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा