
गुवाहाटी, ०९ नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले लाहोरीघाट विधानसभा क्षेत्रको विकास राज्यका अन्य क्षेत्र सरह गरिने आश्वासन दिएका छन्। उनले चुनाउका क्रममा जनतासमक्ष गरिएका सबै वाचा पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
नगाउँ लोकसभा उपनिर्वाचनमा भाजपाको जितपछि लाहोरीघाटवासीप्रति आभार व्यक्त गर्दै मुख्यमन्त्रीले लामो समयसम्म कांग्रेसको शासनमा रहेका कारण यस क्षेत्र विकासबाट वञ्चित भएको बताए। उनले यहाँ सडक तथा तटबन्धजस्ता आधारभूत पूर्वाधारको समेत अभाव रहेको उल्लेख गरे।
मुख्यमन्त्री शर्माले क्षेत्रका पूर्वाधारसम्बन्धी समस्या समाधान गरी विकासको दौडमा अन्य विधानसभा क्षेत्रसरह पुर्याउने आश्वासन दिए। उनले कांग्रेसले चुनाउका बेला गरेका वाचा पछि बिर्सने गरेको आरोप लगाउँदै भाजपाले जनतासमक्ष गरेका प्रतिबद्धता पूरा गर्ने बताए।
उनले लाहोरीघाटको सन्तुलित विकासका लागि राज्य सरकार प्रतिबद्ध रहेको दोहोर्याए।
हिन्दुस्थान समाचार / बिशाल