
कछार (असम), 09 नोभेम्बर (हि.स.)। असमको कछार जिल्लाको धोलाईस्थित विद्यरत्नपुर अस्पतालको तलाउबाट सोमवार एकजना अज्ञात व्यक्तिको शव उद्धार गरिएको घटनाले सम्पूर्ण क्षेत्रमा सन्त्राष फैलियो।
शव भेटिएको खबर फैलिनसाथ वरपरका मानिसहरू घटनास्थलमा भेला भए। घटनालाई लिएर स्थानीय मानिसहरूले विभिन्न चर्चाहरू गरिरहेका छन्।
हाल मृतकको पहिचान हुन सकेको छैन भने मृत्युको वास्तविक कारण पनि पत्तो लाग्न सकेको छैन।
सूचना पाउनसाथ पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई उद्धार गरेपछि मामिलाको जाँच शुरू गऱ्यो। पुलिसले यो पत्तो लगाउने प्रयास गरिरहेको कि व्यक्तिको मृत्यु कुन परिस्थितिमा भएको हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा