भारतीय तटरक्षक बलको ५०औँ स्थापना दिवसमा प्रधानमन्त्री मोदी, नितिन गडकरी र कांग्रेस अध्यक्षले दिए शुभकामना
स्थापना दिवस


नयाँ दिल्ली, 0१ फरवरी (हि.स.)। भारतीय तटरक्षक बलको ५०औँ स्थापना दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रिय सड़क यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरी र कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेले तटरक्षक बलका जवानहरूलाई शुभकामना दिँदै उनीहरूको वीरता, समर्पण र समुद्री सुरक्षामा निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरेका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्दै भारतीय तटरक्षक बलले देशका समुद्री तटहरूको सुरक्षामा एक सशक्त ढालको रूपमा आफ्नो पहिचान बनाएको उल्लेख गरे। समुद्री सुरक्षा, आपत्कालीन अवस्थामा त्वरित प्रतिक्रिया र समुद्री पारिस्थितिक प्रणालीको संरक्षणमा तटरक्षक बलको प्रतिबद्धता प्रशंसनीय रहेको बताए।

केन्द्रिय मन्त्री नितिन गडकरीले तटरक्षक बलका जवानहरूलाई नमन गर्दै सधैँ देशको सुरक्षाका लागि तत्पर रहने भारतीय तटरक्षक बलका वीर जवानहरू राष्ट्रको गौरव भएको बताए। उनले स्थापना दिवसको अवसरमा बलका सबै कर्मचारीहरूलाई शुभकामना व्यक्त गरे।

कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेले पनि भारतीय तटरक्षक बलको ५०औँ स्थापना दिवसमा शुभकामना दिँदै समुद्री सुरक्षा तथा समुद्री वातावरणको संरक्षणमा तटरक्षक बलको भूमिका अतुलनीय रहेको बताए। उनले ‘वयम् रक्षामः’ (हामी रक्षा गर्छौं) भन्ने आदर्श वाक्यको उल्लेख गर्दै जवानहरूको साहस, बलिदान र सेवाभावप्रति राष्ट्रको कृतज्ञता व्यक्त गरे।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande