
काठमाडौं, १२ फरवरी (हि.स.)। काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल परिसरमा निषेधाज्ञा लागू गरिएको छ। पूर्व राजा ज्ञानेन्द्र शाहको काठमाडौं आगमनका अवसरमा हजारौं समर्थकहरू स्वागतका लागि उपस्थित हुने सम्भावनालाई मध्यनजर गर्दै सतर्कताका रूपमा यो कदम चालिएको हो। काठमाडौं जिल्ला प्रशासन कार्यालयले बिहिबार यसबारे पुष्टि गरेको छ।
उल्लेखनीय छ, १३ फरवरीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित केही संघ-संस्थाहरूले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल परिसरमा पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने तयारी गरेका छन्। पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार झापाबाट काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ। राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले फेसबुक पोस्टमार्फत “१३ फरवरीमा काठमाडौं विमानस्थलमा राजाको भव्य स्वागत गर्न” आह्वान गरेका छन्।
स्थानीय प्रशासनले निषेधाज्ञा आजैदेखि लागू भएको जनाएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी आदेशअनुसार, “विमानस्थलको प्रवेशद्वार गोल्डन गेटदेखि सम्पूर्ण विमानस्थल परिसरभित्रका सबै सडकहरू, आन्तरिक टर्मिनल क्षेत्र, अन्तरराष्ट्रिय टर्मिनल क्षेत्र, पार्किङ क्षेत्र लगायत सम्पूर्ण परिसरमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोध कार्यक्रम गर्न वा गराउन निषेध गरिएको जानकारी गराइन्छ।”
ऊएएऐए
---------------
हिन्दुस्थान समाचार / भवानी थामी