नेपालमा प्रतिनिधि सभाका सबै १६५ सिटको नतिजा सार्वजनिक, राष्ट्रिय स्वतन्त्र पार्टीको १२५ क्षेत्रमा जित
Nepal-Election-Result-declared


काठमाडौं, १० मार्च (हि.स.)। निर्वाचन आयोगले प्रतिनिधि सभाका सबै १६५ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक गरेको छ। यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (आरएसपी) ले सबैभन्दा धेरै १२५ सिट जितेको छ। मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा आयोगले प्रत्यक्ष प्रणालीबाट निर्वाचित सबै १६५ जना उम्मेदवारको औपचारिक घोषणा गरेको हो।

आयोगका अनुसार, सबैभन्दा अन्तिम नतिजा संखुवासभा निर्वाचन क्षेत्रको सोमबार राति सार्वजनिक गरिएको थियो। त्यहाँ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अर्जुन कुमार कार्की ले राष्ट्रिय स्वतन्त्र पार्टीका मिङ्मा शेर्पालाई पराजित गरेका छन्।

आयोगले जानकारी दिएअनुसार, उम्मेदवारी खारेज भएको विषयलाई लिएर विवादमा परेको धनुषा-१ निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मातृका प्रसाद यादवलाई विजयी भएको प्रमाणपत्र प्रदान गरिएको छ। यद्यपि उम्मेदवारी खारेज भएपछि आरएसपीका उम्मेदवारले उक्त विषयलाई लिएर अदालतमा मुद्दा दायर गरेका छन्।

प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत सिटको विवरण

राष्ट्रिय स्वतन्त्र पार्टी - १२५ सिट

नेपाली कांग्रेस - १८ सिट

नेकपा (एमाले) - ९ सिट

नेकपा (पूर्व माओवादी) - ८ सिट

श्रम संस्कृति पार्टी - ३ सिट

राष्ट्रिय प्रजातन्त्र पार्टी - १ सिट

म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनाउ लडेका महावीर पुन पनि निर्वाचित भएका छन्।

प्रतिनिधि सभाका २७५ सदस्य चयन गर्नका लागि ५ मार्च मा देशभर मतदान भएको थियो। समानुपातिक प्रणालीतर्फ भने अहिलेसम्म करिब एक करोड़ मत गणना भइसकेको निर्वाचन आयोगले जनाएको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande