हिजबुल्लाहद्वारा इजरायलमाथि 150 रकेट र इरानद्वारा संयुक्त अभियानमा मिसाइल प्रहार
रकेट प्रहारले क्षतिग्रस्त घर


तेल अवीव, 12 मार्च (हि.स.)। इरान समर्थित लेबनानको उग्रवादी समूह हिजबुल्लाहले बुधबार बेलुका इजरायलतर्फ कम्तीमा 150 वटा रकेट प्रहार गरेको छ। यस क्रममा इरानले पनि संयुक्त अभियान (इन्टिग्रेटेड अपरेसन) अन्तर्गत मिसाइल प्रहार गरेको बताइएको छ। 28 फरवरीदेखि शुरु भएको युद्धमा हिजबुल्लाहको यो हमला सबैभन्दा ठूलो मानिएको छ।

द टाइम्स अफ इजरायल अखबारको रिपोर्टअनुसार, इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) ले लेबनानको राजधानी बेरूतमा रहेको हिजबुल्लाहको गढमाथि लडाकु विमानबाट बमबारी गरेको छ। एक इजरायली अधिकारीका अनुसार, दुवै पक्ष गम्भीर तनाउतर्फ अघि बढिरहेका छन्। हिजबुल्लाहले धेरै घण्टासम्म आक्रमण जारी राख्यो। हमलामा रकेटसँगै ड्रोनको पनि प्रयोग गरिएको थियो। यस क्रममा लाखौं इजरायली नागरिक घर छोडेर सुरक्षित आश्रयस्थलतर्फ गएका थिए।

इजरायलका एक सैन्य अधिकारीले हिजबुल्लाहले यो हमला इरानको समर्थनमा शुरु गरेको बताएका छन्। उनका अनुसार, राति करिब आठ बजी इरानले मिसाइल प्रहार गरी देशको केन्द्रिय क्षेत्रलाई निशाना बनाएको थियो। त्यसपछि हिजबुल्लाहले लगातार आक्रमण शुरु गर्दै रकेटको वर्षा गरेको थियो। एक घण्टाको अन्तरालमा कम्तीमा 100 वटा रकेट प्रहार गरिएको बताइएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले यसलाई संयुक्त हमला बताएको छ। इजरायलका अनुसार, इरानी मिसाइलहरूले देशको उत्तर र दक्षिण क्षेत्रलाई लक्ष्य बनाएका थिए।

इजरायलले आफ्नो रक्षा प्रणालीले इरानी मिसाइलहरूलाई सफलतापूर्वक इन्टरसेप्ट गर्दै हिजबुल्लाहका आक्रमणहरूलाई पनि विफल बनाएको जनाएको छ। यद्यपि आक्रमणका क्रममा आगलागी भएको र दुई जना सामान्य घाइते भएका छन्। मेगन डेविड एडोम एम्बुलेन्स सेवाका अनुसार, 35 वर्षीया एक महिला र 50 वर्षीय एक पुरुष घाइते भएका छन्। उनीहरूलाई अस्पताल लगिएको छ।

इजरायल डिफेन्स फोर्सेजले हिजबुल्लाहको आक्रमणको संकेत मिल्नेबित्तिकै नागरिकलाई सतर्क गराएको जनाएको छ। गैलिली र हाइफा क्षेत्रमा सायरन बजाइएको थियो। सायरनको आवाज लेबनान सीमाबाट करिब 50 किलोमिटरसम्मका क्षेत्रमा सुनिएको थियो। आईडीएफको आकलनअनुसार, हिजबुल्लाहले उत्तरी क्षेत्रमा कम्तीमा 150 वटा रकेट प्रहार गरेको थियो। तीमध्ये केही रकेट खुला क्षेत्रमा पनि खसेका थिए।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande