
चेन्नई, १४ मार्च (हि.स.)। तमिलनाडुमा ग्यास सिलिन्डरको कथित अभावलाई लिएर राजनीति तीव्र भएको छ। राज्यको सत्तारूढ पार्टी द्रविड़ मुन्नेत्र कडगम (द्रमुक) नेतृत्वको धर्मनिरपेक्ष प्रगतिशील गठबन्धनले केन्द्र सरकारविरुद्ध आइतबार (१५ मार्च) पूरै राज्यमा व्यापक विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ। गठबन्धनको आरोप छ कि केन्द्र सरकारको नीति र गलत विदेश नीतिकै कारण घरेलु तथा व्यावसायिक ग्यास आपूर्ति प्रभावित भएको छ।
गठबन्धनको बयानमा भनिएको छ, ग्यास अभावको असर केवल घरेलु उपभोक्ताहरूमात्र सीमित छैन, यसले होटल, रेस्टुरेन्ट र साना-मझौला उद्योगहरूलाई पनि प्रभावित पारिरहेछ। यदि स्थिति चाँडै सामान्य नभएमा धेरै साना व्यवसायहरू बन्द हुने खतरा छ, जसबाट हजारौं मानिसहरूको जीविकोपार्जन प्रभावित हुन सक्छ।
गठबन्धनले यो मुद्दामा तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले पहिल्यै नै प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेर केन्द्र सरकारसँग तत्काल हस्तक्षेपको माग गरिसकेको उल्लेख गरेकाे छ। यद्यपि, गठबन्धनका अनुसार अहिलेसम्म केन्द्रबाट न त जनतामा फैलिएको चिन्ता शान्त पार्न कुनै स्पष्ट कदम चालिएको छ न त संसदमा यस विषयमा छलफल गराउने पहल नै भएको छ।
द्रमुक नेतृत्वको गठबन्धनले केन्द्र सरकारमाथि तमिलनाडुसँग भेदभाव गरेको आरोप पनि लगाएको छ। बयानमा भनिएको, ग्यास अभावबाहेक पनि धेरै महत्वपूर्ण विषयहरूमा केन्द्र सरकार राज्यप्रति उदासीन छ। यसमा शिक्षा सम्बन्धी कोष रोक्नु, महात्मा गान्धी राष्ट्रिय ग्रामीण रोजगार ग्यारेन्टी योजना (मनरेगा) अन्तर्गत रकममा ढिलाइ, पिउने पानी पाइपलाइन परियोजनाहरूका लागि रकम नछोड्नु र मदुरै तथा कोयम्बटुर मेट्रो रेल परियोजनाहरूमा बाधा उत्पन्न गर्नु जस्ता मुद्दाहरू समावेश छन्।त्यसबाहेक गठबन्धनले होसुर विमानस्थल परियोजनामा ढिलाइ र तीन-भाषा नीतिको नाममा तमिल भाषालाई बेवास्ता गरेको आरोप पनि लगाएको छ। गठबन्धनका अनुसार, यी सबै मुद्दाहरूमा केन्द्रमा सत्तारूढ राष्ट्रिय जनतान्त्रिक गठबन्धन (राजग) सरकारविरुद्ध जनताको रोष बढ्दैछ।घोषणाअनुसार, आइतबार १५ मार्च बिहान १०:३० बजी तमिलनाडुका सबै जिल्लाहरूमा युनियन, नगर, क्षेत्र र पञ्चायत स्तरमा विरोध प्रदर्शन आयोजना गरिनेछ। यी प्रदर्शनहरूमा द्रमुक र सहयोगी दलका सांसद, विधायक, जिला र युनियन स्तरका पदाधिकारी, शाखा सचिव, स्थानीय निकायका प्रतिनिधिहरू र ठूलो संख्यामा सर्वसाधारण सहभागी हुनेछन्।गठबन्धनले आफ्ना जिला सचिवहरूलाई प्रदर्शन सफल बनाउन सबै आवश्यक व्यवस्था सुनिश्चित गर्न निर्देशन दिएको छ।
------------
हिन्दुस्थान समाचार / भवानी थामी