ईरानको एविन जेलमा इजराइलको हवाई आक्रमण युद्ध अपराध: संयुक्त राष्ट्र जाँच प्रमुख
ईरानको एविन जेलमा इजराइलको हवाई आक्रमण युद्ध अपराध: संयुक्त राष्ट्र जाँच प्रमुख


जेनेवा, १७ मार्च (हि.स.)। संयुक्त राष्ट्रको एक स्वतन्त्र जाँच टोलीले २०२५ मा ईरानको प्रसिद्ध एविन जेलमा इजराइलले गरेको हवाई आक्रमण अन्तरराष्ट्रिय कानूनअन्तर्गत युद्ध अपराधको श्रेणीमा पर्न सक्छ भनी बताएको छ। साथै, जाँच प्रमुखले हालै अमेरिका-इजराइलका सैन्य कार्यवाहीपछि ईरानभित्र आन्तरिक दमन फेरि बढ्न सक्ने चेताउनी पनि दिएकी छन्।

संयुक्त राष्ट्र मानवाधिकार परिषदमा आफ्नो रिपोर्ट प्रस्तुत गर्दै जाँच प्रमुख सारा हुसैनले भनेकी छन्, उपलब्ध प्रमाणहरूको आधारमा इजराइलले २०२५ मा एविन जेललाई नागरिक संरचनाको रूपमा निशाना बनायो, जसलाई युद्धको अन्तरराष्ट्रिय कानूनको दृष्टिकोणबाट युद्ध अपराध मन्न सकिन्छ।

ईरानी अधिकारीहरूका अनुसार, जून २०२५ मा तेहरानस्थित एविन जेलमा भएको यो हवाई आक्रमणमा ७० भन्दा बढी मानिसको मृत्यु भयो। जाँच टोलीको रिपोर्टमा मृतक संख्या करीब ८० रहेको र तिनमा एक बालक र आठ महिलाहरू पनि समावेश रहेको उल्लेख छ। यो अनुमान पीडितहरू र घटना-स्थलका साक्षीहरूका साक्षात्कार, उपग्रह तस्बिर र अन्य दस्तावेजको आधारमा गरिएको हो।

एविन जेल दीर्घकालदेखि राजनीतिक कैदीहरू राख्ने ठाउँको रूपमा चिनिन्छ। हालै अमेरिका-इजराइलका हमलामा पनि यही जेललाई नोक्सान पुगेको खबर आएको छ, जसले त्यहाँका कैदीहरूको सुरक्षाको बारेमा चिन्ता बढाएको छ। जेलभित्र एक ब्रिटिश दम्पतिसहित कतिपय विदेशी नागरिक पनि बन्द रहेको बताइएको छ।

संयुक्त राष्ट्रकी अर्की मानवाधिकार विशेषज्ञ माई सातोले कैदीहरूको अवस्थाको बारेमा गम्भीर चिन्ता व्यक्त गरिन्। उनले जनवरीमा भएका विरोध-प्रदर्शनपछि पक्राउ परेका धेरै व्यक्तिहरूका परिवारहरूले आफ्ना नजिकका व्यक्तिहरूसँग सम्पर्क गर्न नसकेको, जेलमा खाना र औषधिको अभाव रहेको रिपोर्ट प्राप्त भएको बताएकी छन्।

संयुक्त राष्ट्रमा ईरानका राजदूत अली बहरिनले अमेरिका र इजराइलका आक्रमणको निन्दा गर्नुपर्छ भन्ने माग गरेका छन्। उनका अनुसार, यी हमलाहरूमा अहिलेसम्म ईरानभित्र १,३०० भन्दा बढीको मृत्यु भइसकेको छ।

अर्कातिर, इजराइलले संयुक्त राष्ट्र मानवाधिकार परिषदसँग आफैलाई टाडा राखेको छ र जाँचसँग जोडिएका प्रश्नहरूको बारेमा अहिलेसम्म कुनै औपचारिक उत्तर दिएको देखिएको छैन। संयुक्त राष्ट्रका अधिकारीहरूले भनेका छन्, क्षेत्रमा जारी सैन्य कार्यवाहीका कारण नागरिकहरूको सुरक्षा र मानवाधिकारको स्थिति निकै गम्भीर बनेको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande