
कोलकाता, 19 मार्च (हि.स.)। कलकत्ता उच्च न्यायालयले प्रवर्तन निदेशालयका अधिकारीहरूमाथि हमला गरेको मामिलाका आरोपी सन्देशखालीका निलम्बित तृणमूल नेता शेख शाहजहाँको जमानत याचिकालाई खारेज गरिदियो।
न्यायमूर्ति सुव्रा घोषको एकल पीठले जमानत याचिकामाथि सुनवाई गर्दै केन्द्रिय अन्वेषण ब्यूरोका तर्कहरूलाई स्वीकार गऱ्यो अनि भन्यो, आरोपीलाई रिहा गरियो भने उसले गवाहहरूलाई प्रभावित पार्नसक्थ तथा प्रमाणहरूलाई छेड़छाड़ गर्ने आशंका छ। तथापि अदालतले यो पनि स्पष्ट पाऱ्यो, जाँचको प्रगति र नयाँ तथ्यहरूको आघारमा उसले भविष्यमा फेरि जमानत याचिका दर्ता गराउनसक्छ।
उल्लेखनीय छ, जनवरी 2024- मा बहुकड़ोर सार्वजनिक वितरण प्रणाली घोटालाको जाँचको सिलसिलामा उत्तर 24 परगना जिल्लाको सन्देशखालीस्थित शाहजहाँको आवासमा छापामारी गर्न आएको प्रवर्तन निदेशालयकोटीममाथि शाहजहाँका समर्थकहरूले हमला गरेका थिए।यस अतिरिक्त शाहजहाँमाथि सन्देशखालीमा अवैध भूमि कब्जा, खेतको जमीनमा पानी भरेर माछा पालन तथा महिलाहरूसित यौन उत्पीड़न जस्ता गम्भीर आरोपहरू पनि लगाइएको छ।
भनिन्छ, शाहजहाँले यसअघि पनि कैयौं पटक भिन्न-भिन्न अदालतहरूमा जमानत याचिका दर्ता गरिसकेका छन्, तर अहिलेसम्म उसले राहत पाएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा