
जलपाईगुड़ी, 19 मार्च (हि.स.)। टिकट नपाएको कारण शुरू भएको असन्तुष्टिको सिलसिला अब समाप्त भएको छ। सबै अड़कलहरूमा अब विराम लगाउँदै राजगञ्जका निवर्तमान विधायक खगेश्वर रायले अन्ततः तृणमूल कंग्रेसमै रहने फसेला गरेका छन्।
प्रत्याशी सूची घोषित भएदेखि नै उनलाई विद्रोहीको रूपमा देखिएको थियो। यहाँसम्म कि उनले जलपाईगुड़ी जिल्ला तृणमूलको चेयरम्यान पदबाट पनि राजीनामा दिने घोषणा गरेका थिए। उनको समर्थनमा राजगञ्ज ब्लक नेतृत्वले समेत पद त्याग गर्ने कुरा गरेका थिए। खगेश्वर रायले चेताउनी दिएका थिए, बिहिवार 11 बजीसम्ममा पार्टीको पक्षबाट कुनै सकारात्क जवाफ नआए उनले आफ्नो राजनीतिक स्थिति स्पष्ट पार्नेछन्।
स्थितिलाई सम्हाल्नको लागि मुख्यमन्त्री ममता ब्यानर्जी स्वयंलाई अगाड़ी आउनुपऱ्यो। जानकारी मुताविक गए बुधवार राति मुख्यमन्त्रीले फोनमा खगेश्वरसित बातचित गरिन्। उनले आश्वासन दिएपछि वरिष्ठ नेता सन्तुष्ट भए। बिहीवार बेलाकोबा स्थित आफ्नो आवासमा जिल्ला नेतृत्वको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा खगेश्वर रायले स्पष्ट पारे, उनी पार्टीमै बस्नेछन्।
स्मरण गराइन्छ, गत मंगलवार विधानसभा चुनाउको लागि उम्मेद्वारहरूको सूची जारी गरिएको थियो जसमा खगेश्वर रायको नाम थिएन। उनको स्थानमा स्वप्ना बर्मलााई उम्मेद्वार बनाइएको छ। सूचीमा आफ्नो नाम नदेखेर उनले असन्तुष्टि व्यक्त गर्दा पार्टी नेतृत्वलाई खुलेर लक्षित गरेका थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा