
कोलकाता, 19 मार्च (हि. स.)। ममता ब्यानर्जीले बिहीवार विभिन्न चाड़-पर्वहरूको अवसरमा मानिसहरूलाई शुभकामना दिइन् अनि सबैको सुख-समृद्धिको कामना गरिन्।
मुख्यमन्त्रीले ‘एक्स’- मा जारी आफ्नो सन्देशमा गुड़ी पड़वाको अवसरमा मानिसहरूलाई बधाई दिँदै भनिन्, यो पर्वले सबैको जीवनमा सुख, समृद्धि र नयाँ आरम्भ लिएर आओस्।
उनले उगादीको अवसरमा शुभकामना दिँदै भनिन्, यो पर्व नवजीवन तथा आशाको प्रतीक हो। यस विशेष दिनमा सबैको कल्याणको प्रार्थना गर्दछौं।
चेटी चण्डको उपलक्ष्यमा उनले सिन्धी समुदायलाई शुभकामना दिँदै भनिन्, यो पावन पर्वले सबैको जीवनमा सुख, समृद्धि तथा आशीर्वाद लिएर आओस्।
यसको साथै चैत्र नवरात्रिको अवसरमा उनले सबैलाई बधाई दिँदै देवी दुर्गासित मानिसहरूको सुख,समृद्धि तथा सुस्वास्थ्यको कामना गरिन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा