विस चुनाउ- 2026 : भवानीपुरमा शुभेन्दुले शुरू गरे प्रचार
विस चुनाउ- 2026 : भवानीपुरमा शुभेन्दुले शुरू गरे प्रचार


कोलकाता, 19 मार्च (हि. स.)। भवानीपुरमा बिहीवार भारतीय जनता पार्टी (भाजपा) उम्मेद्वार तथा पश्चिम बंगाल विधानसभामा विपक्षका नेता शुभेन्दु अधिकारीले चुनावी प्रचारको शुरूआत गरे। तथापि उनको प्रचार शुरू हुन अगावै क्षेत्रको स्थिति तनाउपूर्ण भयो।

शुभेन्दु अधिकारी त्यहाँ पुग्नअघि नै भारतीय जनता पार्टी (भाजपा)- का कार्यकर्ता र समर्थकहरू त्यहाँ ठूलो संख्यामा भेला भए जसको जवाफमा तृणमूल कंग्रेसका कार्यकर्ताहरू पनि एकत्र भए। दुई पक्षबीच नाराबाजी शुरू भयो जुन हेर्दा-हेर्दै चर्का-चर्कीको स्थितिमा पुग्यो।

केही समयपछि वरिष्ठ भाजपा नेता तापस रायसित शुभेन्दु अधिकारी घटनास्थलमा पुगे। स्थितिलाई ध्यानमा राखेर केन्द्रिय बल अनि पुलिसले हस्तक्षेप गरी दुवै पक्षलाई शान्त बनायो।

यस अवसरमा शुभेन्दु अधिकारीले भने, भवानीपुरका मानिसहरू परिवर्तन चाहन्छन्। उनीहरूलाई यहाँ पठाइएको हो। उनले आगामी चुनाउमा जीत निश्चित रहेको दाबी समेत गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande