विस चुनाउ 2026ः मतदानअघि बंगालमा दुई ठाउँ प्रचुर मात्रामा नगद भेटियो, जाँच शुरू
विस चुनाउ 2026ः मतदानअघि बंगालमा दुई ठाउँ प्रचुर मात्रामा नगद भेटियो, जाँच शुरू


कोलकाता, 19 मार्च (हि.स.)। पश्चिम बंगालमा आगामी महिना दुई चरणमा हुन गइरहेको विधानसभा चुनाउपूर्व राज्यका दुई भिन्न-भिन्न स्थानमा पछिल्लो 12 घण्टाको अवधिमा प्रचुर मात्रामा नगद फेला पारिएको छ। बिहीवार पुलिस सूत्रले यस आशयको जानकारी गरायो।

नकद भेटिएका यी घटनाहरूमा दक्षिण 24 परगना जिल्लाको बारुईपुर र उत्तर बंगालको अलिपुरद्वार जिल्लामा भएको हो। चुनाउ अवधि मतदाताहरूलाई प्रभावित पार्नको लागि अवैध धनको प्रयोग हुने आशंकालाई ध्यानमा राखेर चुनाउ आयोगले पहिला नै कड़ा निगरानीव्यवस्था लागू गरेको छ।

चुनाउ आयोगले राज्यका 294 वटा विधानसभा सीटका लागि 294 जना सामान्य पर्यवेक्षक नियुक्त गरेको छ। यसरी पश्चिम बंगाल पाँच वटा चुनावी राज्य एवं केन्द्र शासित प्रदेशहरूमध्ये एकमात्र यस्तो राज्य हो जहाँ प्रत्येक विधानसभा क्षेत्रको लागि भिन्नै सामान्य पर्यवेक्षक तैनाथ गरिएको छ। यस अतिरिक्त 188 पुलिस पर्यवेक्षक र 100 व्यय पर्यवेक्षकहरू पनि नियुक्त गरिएको छ।

दक्षिण 24 परगना जिल्लाको बारुइपुरस्थित जयतला क्षेत्रमा आफ्नो नियमित जाँच अवधि पुलिसले एउटा मोटरसाइकलााई रोकेर जाँच गऱ्यो। यस जाँचमा एउटा ब्यागमा भरिएको नौ लाख रुपियाँ नगद भेटियो।

पक्रा पर्ने व्यक्तिको पहिचान समद अली सरदारको रूपमा भएको छ। पुलिसानुसार समद जयनगर थाना क्षेत्रको तिलपीका निवासी हुन् जो तिलपीदेखि कुराली तर्फ गइरहेका थिए।

पुलिसले बतायो, नियमित जाँच अभियानमा उसको गतिविधि संदिग्ध देखियो जसपश्चात जांच गरियो जसमा नगद फेला पऱ्यो। हाल आरोपीसित जाँचबुझ गरिँदैछ साथै पैसाको श्रोत पत्तो लगाउनको लागि जाँच पनि शुरू गरिएको छ।

दोस्रो घटना अलिपुरद्वार जिल्लाको हो जहाँ पुलिसलाई सूचना प्राप्त भयो, चौपाटी मोड़ नजिक एउटा होटलमा बसेका एक दम्पत्तिसित प्रचुर मात्रामा नगद रुपियाँ छ।

सूचनाको आधारमा पुलिसको भ्रष्टाचार निरोधक शाखाले दम्पत्तिको निजी कारलाई रोक्यो। जाँच गर्दा 02 लाख 75 हजार रुपियाँ भेटियो। वाहनमा असमको पञ्जीकृत नम्बर थियो।

पुलिस जाँचबुझमा वाहन मालिकले आफूलाई असमको व्यवसायी बताए। दम्पत्तिले भने, उनीहरू चिरांगदेखि अलिपुरद्वार घुम्न आएका थिए, तर नगदको श्रोतलाई लिएर उनीहरूले सन्तोषजनक जवाफ दिन सकेनन्।

पुलिस अधिकारीहरूको भनाइ छ, चुनावी माहोललाई मध्यनजर गर्दै नगद जफत गरेको मामिलालाई गम्भीर रूपमा लिरहेको छ। जफत गरेको धनको श्रोत र त्यसको सम्भावित उपयोगको जाँच गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande