‘वन- फोर्स अफ द फरेस्ट’ अब २८ अगस्तमा सिनेमाघरमा रिलिज हुने
वन- फोर्स अफ द फरेस्ट


बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा अभिनीत आगामी फिल्म ‘वन- फोर्स अफ द फरेस्ट’ सम्बन्धी ठूलो अपडेट सार्वजनिक भएको छ। निर्माण पक्षले फिल्मको नयाँ रिलिज मिति घोषणा गरेको छ। यसअघि १५ मईमा रिलिज हुने भनिएको यो फिल्म अब सारेर २८ अगस्तमा रिलिज गरिने भएको छ। विशेष कुरा के छ भने, फिल्म रक्षाबन्धनको अवसरमा सिनेमाघरमा आउनेछ।

निर्माताहरूले फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै यसको रिलिज मिति पुष्टि गरेका छन्। यस फिल्ममा पहिलो पटक सिद्धार्थ मल्होत्रासँगै तमन्ना भाटिया देखिनेछिन्, जसले दर्शकहरूमा अझ उत्साह बढाएको छ। फिल्मको निर्देशन दीपक मिश्रा र अरुणभ कुमारले गरेका हुन् भने निर्माणको जिम्मेवारी एकता कपूरले सम्हालेकी छन्।

‘वन- फोर्स अफ द फरेस्ट’ को निर्माण बालाजी मोशन पिक्चर्स र द वायरल फीवरको सहकार्यमा गरिएको हो। फिल्मको छायाङ्कन मध्य भारतका घना जङ्गलहरूमा गरिएको छ र यसको कथा गोप्य मन्दिरहरू तथा प्राचीन लोककथामा आधारित रहेको बताइएको छ। सिनेमाघरमा रिलिज भएपछि यो फिल्म अमेजन प्राइम भिडियोमा पनि उपलब्ध हुनेछ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande