
पानीपत, 04 मार्च (हि.स.)। विदेशमा बस्ने एकजना युवकले आफ्नै परिवारको हत्या गर्ने षड़यन्त्र रच्यो जसको खुलासा त्यसबेला भयो जतिबेला परिवारलाई युवकले फोन मार्फत ज्यानमारा धम्की दियो। घटनाको रिपोर्ट पीड़ित परिवारले थना मतलौडा पुलिसलाई दिएको छ।। पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेको छ। पुलिस अनुसार गाउँ रेर कलाँ निवासी विक्रम सिंहले पुलिसलाई बताए, उनको आफ्नै भतिज अनिल कुमार जो अमेरिकामा बस्दै आइरहेको छ,-ले पुरानो शत्रुतालाई अहिलेसम्म जीवित राखेको छ। गए मंगलवार अपरान्हपछि विक्रमलाई एउटा विदेशी नम्बरबाट फोन कल आयो। विक्रमको आरोप छ, कलमा अनिलले उनलाई र उनको सम्पूर्ण परिवारलाई ध्यानमारा धम्की दियो। अनिलले फोनमा भन्यो, उसले रणदीप मलिक नामक व्यक्ति मार्फत गोली दागी उनीहरूको हत्या गराउनेछ। पीड़ित अनुसार रणदीप मलिक पनि अमेरिकामै छ। पीड़ित विक्रम सिंहले आतंकित भएर आफ्नो परिवारको सुरक्षाको निम्ति गुहार मागेका छन्। उनले प्रमाणको रूपमा धम्कीपूर्ण कलको रेकर्डिंग पनि पुलिसलाई सुम्पिएका छन्। विक्रमले बताए, उनलााई रणदीपको बारेमा त्यति धेर जानकारी छन। तर उनलाई शंका लागिरहेको छ कि अनिलले कुनै पनि समय उनीहरूमाथि हमला गराउन सक्छ। मतलौडा थाना पुलिसले सिकायतको आधारमा आरोपी अनिल र रणदीपविरूद्ध ज्यानमारा धम्की तथा आपराधिक षड़यन्त्र अन्तर्गत ममिला दर्ता गरी रेकर्डिंगको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा