असम विस चुनाउको लागि राइजर दलले एघार जना प्रत्याशीहरूको पहिलो सूची जारी गऱ्यो
असम विस चुनाउको लागि राइजर दलले एघार जना प्रत्याशीहरूको पहिलो सूची जारी गऱ्यो


गुवाहाटी, 04 मार्च (हि.स.)। असम विधानसभा चुनाउको लागि राइजर दलले बुधवार एघार जना प्रत्याशीहरूको आफ्नो पहिलो सूची जारी गरेको छ। पार्टीको चुनाउ समितिबाट अनुमोदित यस सूचीको औपचारिक घोषणा पार्टी अध्यक्ष अखिल गोगोईले गरे।

पार्टीको सूची अनुसार विधानसभा क्षेत्र पूब ग्वालपाड़ाबाट अब्दुल रसिद मण्डललाई उम्मेद्वार बनाइएको छ भने जालुकबाड़ीबाट रमेन चन्द्र बरठाकुरलाई टिकट दिइएको छ। मानसबाट अञ्जन तालुकदार र दलगाउँबाट अजिजुर रहमानलाई प्रत्याशी घोषित गरिएको छ। धिंगबाट मेहबूब मुख्तारलाई मैदानमा उतारिएको छ भने तेजपुरबाट अलक नाथलाई उम्मेद्वार बनाइएको छ। सिसिबर गाउँबाट दुलाल चन्द्र बरुवा र मार्घेरीटाबाट राहुल छेत्रीलाई टिकट दिइएको छ। यस अतिरिक्त दिगबोईबाट लक्ष्यज्योति गोगोई, मरियानीबाट डा. ज्ञानश्री बोरा तथा बोकाखातबाट रतन दावलाई पार्टीले आफ्नो उम्मेद्वार बनाएको छ। पार्टीले संकेत दिएको छ, आगामी दिनमा प्रत्याशीहरूको अन्य सूची पनि चरणबद्ध रूपमा जारी गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande