सार्वजनिक व्यवस्थाको लागि हानिकारक उत्तेजक सामग्रीलाई लिएर शोपियाँमा एफआईआर दर्ता: पुलिस
सार्वजनिक व्यवस्थाको लागि हानिकारक उत्तेजक सामग्रीलाई लिएर शोपियाँमा एफआईआर दर्ता: पुलिस


शोपियाँ, 04 मार्च(हि.स.)। कानून औ व्यवस्थालाई कायम राख्ने एक महत्वपूर्ण कदम अन्तर्गत शोपियाँ पुलिसले सार्वजनिक व्यवस्थाको लागि हानिकारक उत्तेजक सामग्री प्रसारमाथि एक प्राथमिकी दर्ता गरेको छ।

एक प्रेस बयानमा एकजना पुलिस प्रवक्ताले भने, शोपियाँ पुलिसले सार्वजनिक व्यवस्थाको रखरखाउको लागि हानिकारक सोशल मीडिया प्लेटफर्ममा पाइएको उत्तेजक सामग्रीलाई संज्ञानमा लिएको छ। उनले भने, एकजना व्यक्तिलाई जाविद अहमद खांडे, पुत्र अली मोहम्मद खांडे, निवासी सज़ान किगामको कथित रूपमा क्याप्शन तथा टिप्पणीसितै केही भीडियो साझा गरेको अनि प्रसारित गरेकोमा सामेल पाइएको थियो जुन प्रथम दृष्टया सार्वजनिक शान्तिलाई भंग गर्ने अनि कानून व्यवस्थाको स्थितिमाथि प्रतिकूल प्रभाव पार्ने किसिमको थियो।

तदनुसार कानूनका प्रासंगिक प्रावधानहरू अन्तर्गत पुलिस स्टेशन शोपियाँ (पुलिस पोस्ट कीगाम)-मा एफआईआर संख्या 26/2026 दर्ता गरिएको छ अनि जाँच शुरू गरिएको छ। कानून अन्तर्गत आवश्यक भए अग्रिम कानूनी कारबाही गरिनेछ।

शोपियाँ पुलिसले शान्ति एवं सार्वजनिक व्यवस्थालाई कायम राख्नको लगि आफ्नो दृढ़ प्रतिबद्धता दोहोऱ्याएको छ। आम जनतालाई सल्लाह दिइन्छ, उनीहरूले सोशल मीडियाको उपयोग गर्दा जिम्मेवारी र संयम अप्नाउनु साथै यस्तो कुनै पनि सामग्रीलाई पोस्ट वा साझा नगरून् जसबाट सार्वजनिक शान्ति प्रभावित होस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande