
काठमाडौं, 08 मार्च (हि.स.)। नेपालमा प्रतिनिधि सभाका लागि ५ मार्चमा भएको निर्वाचनपछिको मतगणना अहिले अन्तिम चरणमा पुगेको छ। हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२३ निर्वाचन क्षेत्रमा जित दर्ता गरिसकेको छ भने अन्य २ सिटमा अग्रता कायम राखेको छ।
मतगणनाको शुरुवाती चरणदेखि नै बलियो पकड बनाएको रास्वपाले १६५ सिटमध्ये १५६ निर्वाचन क्षेत्रमा जित हासिल गर्दै चुनाउमा सबैभन्दा ठूलो दलका रूपमा उदाएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले हालसम्म १६ सिट जितेको छ भने एक सिटमा अग्रता लिइरहेको छ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) ले ७ सिट जितेको छ र ३ सिटमा अगाडि छ।
यसबाहेक, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पनि ७ सिटमा जित हात पारेको छ र १ सिटमा अग्रता कायम गरेको छ। अन्य दलहरूमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीले एक र एक स्वतन्त्र उम्मेदवारले सिट जितेका छन्। श्रम शक्ति पार्टीले एक सिट जितेको छ र अन्य दुई सिटमा अगाडि छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी