
सोपोर, 14 अप्रेल(हि.स.)। सोपोर पुलिसले मंगलवार बतायो, हालैमा विद्यार्थीहरूको विरोध प्रदर्शन अवधि भएको बर्बरतामा सामेल आठजना उपद्रवीहरूलाई पक्राउ गरिएको छ भने सार्वजनिक व्यवस्थालाई खलबलाउने 25 जना मानिसहरूलाई चिन्हित गरिएको छ। यो कारबाही स्थानीय मानिसहरू, स्टाफ सदस्य तथा पत्रकारहरूको वाहनलाई क्षतिग्रस्त बनाइएपछि गरिएको हो। यस अवधि कतिपय स्कूलहरूको सम्पत्तिलाई पनि उपद्रवीहरूले लक्षित गरेका थिए। विरोध प्रदर्शन अवधि सम्पत्तिलाई नोक्सान पुऱ्याउने सहित अवैध गतिविधिहरूमा सामेल पाइएकाहरूविरूद्ध पनि कड़ा कारबाही शुरू गरिएको छ।
पुलिसले बतायो, चिन्हित गरिएका अन्य व्यक्तिरूलाई पक्राउ गर्ने प्रयास जारी छ। पुलिसले दोहोऱ्यायो, कसैलाई पनि क्षेत्रमा शान्ति तथा कानून व्यवस्थालाई बाधित गर्ने अनुमति दिइनेछैन। विशेष गरेेर युवाहरूसित शान्ति कायम राख्ने तथा यस्तो कुनै पनि गतिविधिहरूमा सामेल हुनदेखि बच्ने आग्रह गरियो जसको कानूनी परिणाम हुनसक्छ। पुलिस अनुसार स्थितिलाई नियालिंदैछ। यसअघि गए सोमवार सरकारी गर्ल्स हायर सेकेण्डरी स्कूल सोपोरमा तनाउ उत्पन्न भएको थियो जतिबेला विद्यार्थीहरूले आरोप लगाएका थिए, एकजना वरिष्ठ व्याख्याताले उनीहरूको एकजना सहपाठीमाथि कुटपिट गरेका थिए। यसको विरोधमा परिसरमा व्यापक रूपमा प्रदर्शन शुरू भएको थियो। दर्जनौं विद्यार्थीहरूले आफ्नो सुरक्षालाई लिएर भय व्यक्त गर्दै प्रदर्शन गरे, नाराबाजी गरे तता तत्काल कारबाही गर्ने मागको विरोध गरेपछि पुलिसले घटनाको संज्ञान लियो अनि आरोपी शिक्षकविरूद्ध एफआईआर दर्ता गऱ्यो। स्कूल शिक्षा निदेशालय कश्मीरले पनि व्याख्यातालाई जाँच थाँतीमा रहुञ्जेलसम्म निलम्बित गरिएको छ भने अधिकारीहरूले क्षेत्रमा कानून व्यवस्थालाई कायम राख्ने प्रयासलाई तीव्रता दिएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा