
डोडा, 14 अप्रेल (हि.स.)। पछिल्लो केही दिनभित्रमा जम्मू-कश्मीर र लद्दाख केन्द्रशासित प्रदेशको डोडा जिल्लामा धेरै पटक स-साना भूकम्पका झटनाहरू दर्ता गरिएको छ। यसले गर्दा यहाँका बासिन्दाहरू चिन्तित भएका छन्। तथापि अहिलेसम्म भूकम्पले कुनै पनि प्रकारको क्षति पुऱ्याएको खबर प्राप्त भएको छैन।
अधिकारीहरू अनुसार पछिल्लो 72 घण्टाभित्रमा डोडा जिल्लामा तीन पटक भूकम्प आइसकेको छ। यीमध्ये सबैभन्दा तीव्र भूकम्पको तीव्रता 4.6 थियो भने अन्य दुई वटा भूकम्पको तीव्रता क्रमशः 3.0 र 2.9 थियो जसले स्थानीय मानिसहरूमा केही समयसम्म सन्त्राष फैलायो।
यसबीच लद्दाखको लेहमा पनि पछिललो चार दिनमा तीन पटकसम्म भूकम्प आइसकेको छ। यो अपेक्षाकृत कम तीव्रताको थियो जसको तीव्रता क्रमशः 2.6, 3.2 औ 3.0 दर्ता गरिएको छ।
अधिकारीहरूले पुष्टि गरे, यी भूकम्पहरू हल्का थिए जसबाट कुनै पनि प्रकारको नोक्सान भएको छैन। अहिलेसम्ममा दुवै क्षेत्रबाट कुनै पनि प्रकारको मानवीय क्षति भएको समाचार प्राप्त भएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा