असमको चिराङ जिल्लाको रूनीखाता फरेस्ट रेञ्ज कार्यालयमा आगलागी
चिराङ


चिराङ, 17 अप्रेल (हि.स.)। आसामको चिराङ जिल्लाको रुनीखाता फरेस्ट रेन्ज कार्यालयमा शुक्रवार स्थानीय बासिन्दाको विरोध प्रदर्शन हिंसात्मक बनेपछि स्थिति तनावपूर्ण बन्यो। आक्रोशित भीड़ले वन विभागका धेरै सवारी साधन र कार्यालय परिसरमा आगजनी गरे, जसले गर्दा क्षेत्रमा अराजकता सिर्जना भयो। अधिकारीहरू अनुसार, वन विभाग र पुलिसले बिहिवार वन भूमि अतिक्रमण गरेको आरोपमा 25 आदिवासीलाई हिरासतमा लिएको थियो। पक्रा परेका सबै व्यक्तिलाई रुनीखाता फरेस्ट रेन्ज कार्यालयमा राखिएको थियो।

यो कारबाहीबाट आक्रोशित भएर आज बिहान ठूलो संख्यामा स्थानीय मानिसहरू घटनास्थलमा भेला भएर विरोध प्रदर्शन गर्न कार्यालय घेरेका थिए। स्थिति छिट्टै नियन्त्रण बाहिर गयो। आक्रोशित भीड़ले वन विभागका सवारी साधन र कार्यालयमा आगो लगाइदियो। घटनापछि सम्पूर्ण क्षेत्रमा तनाव सिर्जना भयो। स्थानीय पुलिस अनुसार, घटनास्थलमा पुगेको पुलिस टोलीलाई स्थिति नियन्त्रण गर्न हवाई फायर गर्नुपऱ्यो। स्थितिलाई नजिकबाट निगरानी गरिँदैछ र क्षेत्रमा सुरक्षा कड़ा पार्न थप सुरक्षा बल तैनाथ गरिएको छ। स्थिति तनावपूर्ण छ। स्थानीय प्रशासनले मानिसहरूलाई शान्ति कायम राख्न अपील गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande