
नयाँ दिल्ली, 02 अप्रेल (हि.स.)। आम आदमी पार्टी (आआप) ले बिहिवार राघव चड्डालाई राज्यसभामा हटाएर अशोक मित्तललाई राज्यसभामा पार्टीको उपनेता नियुक्त गर्यो।
पार्टीले औपचारिक रूपमा राज्यसभा सचिवालयलाई पत्र लेखेर अशोक मित्तललाई पार्टीको उपनेता नियुक्त गर्न र राघव चड्डालाई आम आदमी पार्टीको कोटाबाट बोल्ने समय नदिइयोस् भनेर अनुरोध गरेको छ।
पत्रकारहरूसँग कुरा गर्दै अशोक मित्तलले पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले उनलाई राज्यसभामा उपनेताको जिम्मेवारी सुम्पिएको बताए। मित्तलले आफूलाई सुम्पिएको जिम्मेवारी पूर्ण इमानदारी र समर्पणका साथ पूरा गर्ने बताए।
उल्लेखनीय छ कि आम आदमी पार्टीका हाल राज्यसभामा 10 सांसद छन्, जसमध्ये सात पञ्जाबका र तीन दिल्लीका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी