राहुल गान्धीले ईसीएचएस र विकलाङ्गता पेन्सनबारे प्रश्न उठाए
Tribal Rights Constitution Conference in Vadodara, Rahul Gandhi


नयाँ दिल्ली, 0२ अप्रेल (हि.स.)। लोकसभाका विपक्षी नेता राहुल गान्धीले पूर्व सैनिक अंशदायी स्वास्थ्य योजना (ईसीएचएस) मा गम्भीर कमीहरू रहेको आरोप लगाएका छन्। उनले भनेका छन्, यी कमजोरीका कारण ७२ लाखभन्दा बढी पूर्व सैनिक र उनीहरूका परिवार प्रभावित भइरहेका छन्। योजनामा खर्च फिर्ता (रिइम्बर्समेन्ट) मा ढिलाई, औषधिको अभाव, अस्पतालहरूले उपचार गर्न अस्वीकार गर्ने र बाँकी रकम भुक्तानी नहुने जस्ता समस्याहरू निरन्तर देखिँदै आएका छन्।

राहुल गान्धीले फेसबुक पोस्टमार्फत लेखेका छन्, हालै घाइते पूर्व सैनिकहरूसँगको भेटघाटका क्रममा उनलाई यी समस्याहरूको जानकारी प्राप्त भएको थियो। उनले यो विषय संसदमा उठाउँदा सरकारले उनका प्रश्नहरू टार्ने प्रयास गरेको आरोप लगाए। सरकारसँग न त बाँकी रकमको स्पष्ट विवरण छ, न त ढिलाईको कारणबारे स्पष्ट जवाफ दिए।

उनले थप भने, हालै क्यागले पनि प्रतिवेदनमार्फत योजनामा पर्याप्त बजेट नपुगेको उल्लेख गरेको छ, तर सरकारले पूर्व सैनिकहरूको स्वास्थ्य सेवाका लागि आवश्यक बजेट किन नदिइएको भन्नेबारे जानकारी दिन अस्वीकार गरेको छ।

राहुल गान्धीले विकलाङ्ग पूर्व सैनिकहरूको कर छुटसम्बन्धी आफ्नो प्रश्नलाई पनि सरकारले बेवास्ता गरेको बताएका छन्। वित्त विधेयकमा प्रस्ताव गरिएको व्यवस्थाअनुसार यदि कुनै सैनिक सेवामा रहिरहन्छ भने उसको विकलाङ्गता पेन्सनमा कर लगाइनेछ। उनले यसलाई देशको सेवा गर्ने सैनिकहरूलाई सजाय दिनुजस्तै ठहर गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande