भारतबाट 100 रुपियाँभन्दा बढीको सामान खरिदमा कस्टम ड्युटी प्रकरणमा अर्थमन्त्रीसँग प्रश्नोत्तर
रबि लामिछाने


काठमाडौं, २० अप्रेल (हि.स.)। भारतीय सीमा क्षेत्रबाट नेपालमा १०० रुपियाँभन्दा बढी मूल्यको सामान ल्याउँदा कस्टम लगाइने र धरपकड गरिने विषय सरकार चलाइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (आरएसपी) को सचिवालय बैठकमा उठाइएको छ। बैठकमा सरकारको यो नीतिको विरोध गर्दै अर्थमन्त्रीसँग प्रश्नोत्तरसमेत गरिएको छ।

पार्टीका सचिवालय सदस्य तथा सांसद दीपक बोहराले प्रश्न उठाउँदै भने, सीमा क्षेत्रमा रहेका स्थानीयवासीले भारतबाट १०० रुपियाँभन्दा बढीको सामान ल्याउँदा कस्टम तिर्नुपर्ने, तर विमानस्थलमा विदेशबाट हजारौँ रुपियाँ मूल्यको मदिरा ल्याउन किन अनुमति दिइन्छ? उनले यो प्रश्न अर्थमन्त्री तथा पार्टीका उपाध्यक्ष स्वर्णिम वाग्लेसँग गरेका हुन्।

सांसद बोहराले अर्थमन्त्री वाग्लेसँग यस विषयमा जवाफका साथै यो व्यवस्था कसरी सहज बनाइने हो भन्ने प्रश्न पनि गरे। बोहराले भने, सीमा क्षेत्रमा घरेलु प्रयोजनका लागि भारतबाट १०० रुपियाँभन्दा बढीको सामान ल्याउँदा कस्टम लगाइँदै छ र सामान जफतसमेत गरिँदै छ, तर विमानस्थलमा हजारौँ रुपियाँको ह्विस्की सहित अन्य सामान ल्याउन छुट दिइएको छ। यस्तो अवस्थामा यसलाई कसरी सन्तुलित र सहज बनाइने हो?

भारत-नेपाल सीमा क्षेत्रका स्थानीयवासीले १०० रुपियाँभन्दा बढी मूल्यको सामान ल्याउँदा सुरक्षाकर्मीले सामान जफत गर्ने र कस्टम असुल गर्ने गरेको भन्दै देशका विभिन्न भागमा सरकारको आलोचना भइरहेको छ। सीमा क्षेत्रका स्थानीय बासिन्दा र विभिन्न राजनीतिक दलका नेताहरूले पनि यो कदमको विरोध गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande