
टी-सीरीज़ र बीआर स्टुडियोजको बहुप्रतीक्षित कमेडी ड्रामा ‘पति पत्नी और वो दो’ को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा हाँसो, कन्फ्युजन र सम्बन्धका रमाइला जटिलताहरूको झलक देखिन्छ। फिल्मले क्लासिक ‘पति पत्नी और वो’ को कथालाई नयाँ शैलीमा प्रस्तुत गर्दै यसपटक अझ रोचक बनाउन नयाँ ट्विस्ट जोडेको छ।
ट्रेलरमा आयुष्मान खुराना प्रजापति पाण्डेको भूमिकामा देखिएका छन्, जो एकैपटक तीन महिलाबीच फसेको जस्तो देखिन्छ। ती भूमिकामा सारा अली खान, वामिका गब्बी र रकुल प्रीत सिंह छन्। बढ्दो गलतफहमीबीच विजय राज एक पुलिस अधिकारीको भूमिकामा प्रवेश गर्दै कथामा अझ बढी हास्य थप्छन्।
फिल्मको निर्देशन मुदस्सर अजीजले गरेका छन् भने निर्माण भूषण कुमार, रेणु रवि चोपडा र कृष्ण कुमारले गरेका हुन्। निर्माताहरूले यो फिल्मले पारिवारिक मनोरञ्जनसँगै भरपूर कमेडी दिने अपेक्षा गरेका छन्। ‘पति पत्नी और वो दो’ १५ मईमा सिनेमाघरमा रिलिज हुनेछ।
---------------
हिन्दुस्थान समाचार / बिशाल