एसआईटीद्वारा नोएडा हिंसाको जाँच शुरु, रुपेश रायसहित चार जनासँग सोधपुछ
एसआईटीद्वारा नोएडा हिंसाको जाँच शुरु, रुपेश रायसहित चार जनासँग सोधपुछ


नोएडा, 23 अप्रेल (हि.स.)। मजदुरहरूको तलब वृद्धि माग गर्दै १३ अप्रेलमा नोएडामा भएको हिंसात्मक आन्दोलनको मामिलामा पक्राउ परेका रुपेश राय र उनका साथी मनिषा, आकृति र सृष्टि गुप्तालाई पुलिस हिरासतमा लिएर नोएडा पुलिसले सोधपुछ शुरु गरेको छ। मुख्य आरोपी आदित्य आनन्दका लागि पुलिसले ७ दिनको कस्टडी रिमाण्ड माग गरेको छ, जसको सुनुवाई २४ अप्रेलमा हुनेछ। युवतीहरूको आदित्य आनन्दसँगको सम्बन्धबारे पनि पुलिसले जानकारी संकलन गरेको छ।

पुलिस अधिकारीहरूका अनुसार, सोधपुछबाट केही महत्वपूर्ण सुराग प्राप्त भएको छ। साथै ‘मजदुर बिगुल’ संगठनले श्रमिकहरूलाई उक्साउन आफ्नो अनलाइन पोर्टल प्रयोग गर्ने गरेको पनि खुलेको छ।

अपर पुलिस आयुक्त राजीव नारायण मिश्रले जानकारी दिए अनुसार, यस सम्पूर्ण घटनाको अनुसन्धानका लागि अपर पुलिस आयुक्तकै नेतृत्वमा एसआईटी गठन गरिएको छ, जसमा १० जना पुलिस अधिकारीहरू समावेश छन्। एसआईटीले अनुसन्धान शुरु गरिसकेको छ र आफ्नो प्रतिवेदन गौतम बुद्ध नगरकी पुलिस आयुक्त लक्ष्मी सिंहलाई बुझाउनेछ। उनले एसआईटी गठनले अनुसन्धानलाई तीव्र बनाउने बताए। घटनाका सबै पक्षहरूको विस्तृत जाँच भइरहेको छ। हिंसात्मक प्रदर्शनका क्रममा प्राप्त जानकारी र तथ्यहरूको विश्लेषण भइरहेको छ। पहिचान गरिएका आरोपीहरूको पक्राउका लागि स्वाट टोली, सीआरटी लगायतका आधा दर्जन टोलीहरूले सम्भावित स्थानहरूमा लगातार छापा मारिरहेका छन्। छिट्टै थप पक्राउ हुने दाबी पनि गरिएको छ।

उनका अनुसार, १३ अप्रीलमा नोएडा र ग्रेटर नोएडाका ८३ स्थानमा भएको हिंसात्मक प्रदर्शनमा ४२ हजारभन्दा बढी मानिस सहभागी थिए। पुलिस अनुसन्धानमा प्रदर्शनलाई हिंसात्मक बनाउनेमा बाह्य तत्वहरूको संलग्नता रहेको पाइएको छ। हालसम्म ११ वटा मुद्दा दर्ता भएका छन्, जसमा २००० भन्दा बढी अज्ञात महिला-पुरुष संलग्न छन्। मुख्य आरोपी आदित्य आनन्दसहित अहिलेसम्म ६२ जनालाई पक्राउ गरिएको छ, जसमा ३५ जना बाहिरी व्यक्ति रहेका छन्।

अनुसन्धानमा यो पनि खुलेको छ कि प्रदर्शनका क्रममा सीसीटीभी क्यामेरा निष्क्रिय पार्न महिलाहरूलाई प्रशिक्षण दिइएको थियो। फुटेजमा महिलाहरूले क्यामेरामा कपडा हाल्दै गरेको देखिएको छ। पुलिसले एउटा अडियो र सन्देश पनि फेला पारेको छ, जसमा गोली चलाउने कुरा उल्लेख गरिएको थियो। आशंका गरिएको छ कि आन्दोलनको आडमा नोएडामा औद्योगिक उत्पादन पूर्ण रूपमा ठप्प पार्ने षड्यन्त्र रचिएको थियो। पक्राउ परेकाहरूबाट बरामद मोबाइल र ल्यापटपबाट धेरै जानकारी प्राप्त भएको छ। मेटाइएको डाटा पुनः प्राप्त गर्न गुगलसँग जानकारी मागिएको छ। सबै डिजिटल प्रमाणहरूको जाँच गरिनेछ। साथै पाकिस्तानबाट सञ्चालन भइरहेको दुईवटा एक्स ह्यान्डलको पनि अनुसन्धान भइरहेको छ, जसको माध्यमबाट हिंसा भड्काइएको बताइएको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande